लेखक : जोहन नोटन
अनुवादक : नारायणप्रसाद घिमिरे
गत हप्ता अनलाइनका सार्वजनिक सन्देशहरू नियाल्दै जाँदा, मैले सन् १९८९ वा १९९० का तस्वीर फेला पारेंँ । ती तस्वीरमा विश्वकै पहिलो वेभ सर्भर देखिन्छ । तस्वीरमा अन्तर्राष्ट्रिय भौतिकशान्त्र सम्बन्धी अनुशन्धानकक्ष देख्न सकिन्छ जहाँ कम्प्युटर वैज्ञानिक टिम बर्नर्स लीको कार्यस्थल-आणविक अनुशन्धानका लागि युरोपेली संगठन (सर्न) थियो । सँगै एउटा यन्त्रमा रातो रङको अक्षरले चेतावनीसहितको स्टिकर टाँसिएको थियो-‘यो यन्त्र सर्भर हो । यसलाई बन्द नगर्नुहोस् ।’
बेलायती कम्प्युटर वैज्ञानिक बर्नर्स लीले नै इन्टरनेटमा छरिएर रहेका कुनै पनि फाइल, डकुमेन्ट पत्ता लगाउने र तिनमा पहुँच राख्ने उद्देश्यले वल्र्डवाइड वेभ (डब्लुडब्लुडब्लु) को अवधारणा ल्याएका थिए । सानो समूहको सहकर्मीहरूको सहयोगमा उनले यो कल्पना गरे, निर्माण गरे र सन् १९८० को अन्यतिर कार्यान्वयन पनि गरे । अन्त्यत उनको यो आविष्कारले थुप्रै प्राविधिक पक्षजस्तै प्रोटोकल, सर्भर, ब्राउजर सफ्टवेयर, एच्टिएमएललाई सर्नको एउटै इन्टरनेट सर्भरमा मिलान गरे । यही एउटै इन्टरनेट (डब्लुडब्लुडब्लु)को आविष्कारले संसारलाई परिवर्तन गर्यो ।
गुगलका पूर्वप्रमुख डा.एरिक स्मिडको प्रसिद्ध भनाइ छ, ‘इन्टरनेट मानिसको यस्तो पहिलो निर्माण हो जसका बारेमा मानिस आफैं जान्दैन । योे अराजकतामाथि गरिएको हाम्रो अहिलेसम्मकै सबैभन्दा ठूलो परीक्षण हो ।’
बर्नर्स लीले यो आविष्कार गर्न सफल भए किनकि उनलाई इन्टरनेटले नै यसको आधार तयार पारिदिएको थियो । इन्टरनेट सन् १९८३ जनवरीदेखि सबैका लागि उपलब्ध भएको थियो । यो सञ्जालको कुनै केन्द्रीय स्वामित्व वा यसको नियन्त्रक थिएन । यसले एउटैमात्र काम ग¥यो त्यो हो एउटा नेटवर्कमा रहेको यन्त्रबाट इन्टरनेटसम्म डाटा प्याकेट सार्ने । यदि तपाईंले डाटा प्याकेट प्रयोग गर्ने कुनै एप्लिकेसन बनाउन सक्नुहुन्थ्यो भने, इन्टरनेटले तयार गरिदिन्थ्यो । यसमा कुनै प्रश्न भएन ।
यही परिस्थितिले जन्मायो एउटा सिर्जनाको असाधारण विष्फोट र प्रादुर्भाव भयो एक प्रकारको विश्वव्यापी साझा सुविधा । इतिहासको त्यो क्षणमा एक अध्येताले इन्टरनेटलाई यसरी व्याख्या गरेका थिए, ‘स्वतन्त्र नवप्रवर्तनको पूर्वाधार हो’ अथवा सरल शब्दमा भन्नुपर्दा चमत्कार मच्चाउने एउटा विश्वव्यापी यन्त्र । वेभ नै यस खालको पहिलो चमत्कार थियो । यससँगै वेभ नाफा कमाउने संयन्त्रका रूपमा विकास हुनेछैन भन्ने निर्णयमा पुगियो र बर्नर्स लीले यसलाई स्वतन्त्र नवप्रवर्तनलाई सहज बनाउने प्याटफर्मका रूपमा विश्वलाई प्रदान गरे ।
तर, यो स्वतन्त्रताबाट फाइदा लिइरहेका गुगल, फेसबुक, अमेजन, माइक्रोसफ्ट, एप्पललगायत पछिल्लो पुस्ताका नवप्रवर्तनकारीहरूले भने अरूमा पनि यो विस्तार गर्नुपर्छ भन्ने सोचेनन् । उनीहरूले त बर्नर्स लीले निर्माण गरिदिएको पूर्वाधारमा टेकेर अत्यधिक फाइदा लुट्ने व्यवशाय निर्माण गरे । इन्टरनेटको सिर्जनात्मक साझापन (क्रियटिभ कमन्स) को विशेषतालाई क्रमैसँग अरूलाई छेउ पर्नै नदिने गरी नियन्त्रणमा लिइएको छ, जसरी सन् १६०० पछि बेलायतमा संसदीय ऐनमार्फत् खेतियोग्य जमिनको घेराबारा र नियन्त्रण गरिएको थियो ।
नियोमा पत्रिकामा मरिया फरेल र रोबिन बेर्होनले घतलाग्दो निबन्धमा उल्लेख गरे झैँ यसको परिणामस्वरूप हाम्रा अनलाइन प्लाटफर्महरू अब खुला र स्वतन्त्र सञ्जाल÷प्रणाली रहेनन् । ‘ती त यस्ता खेतीप्रणाली हुन् जहाँ अति केन्द्रीकृत र नियन्त्रित वातावरण छ । यी औद्योगिक घरबारी जस्तै हुन् जहाँ फसेका कुनै बाहिरी जीवलाई चिड्याएर उत्पात मच्चाउँछन् ।’
अनलाईन दुनियाँ एक खुला प्रणाली हुनेछ भन्ने बुझाइ थियो, तर यो अहिले ठूला कर्पोरेसनहरूको दबदबामा छ । यदि हामीले यसलाई पुनर्जीवन दिन्छौं भने, यो प्रणालीमाथि ठूला कम्पनीहरूको हैकम अन्त्य हुनै पर्छ ।
यी औद्योगिक घरबारीमा एकपछि अर्को दुई कम्पनीहरूको प्राधिकार छ । संसारको ८५ प्रतिशत सेयर बजार गुगल र एप्पलको ब्राउजरको छ । डेस्कटप अपरेटिङ सिस्टममा माइक्रोसफ्ट र एप्पलको ९० प्रतिशत दबदबा छ । गुगलले संसारको झण्डै ९० प्रतिशत खोज (सर्च) गर्छ । विश्वभर आधाभन्दा बढी फोनहरू एप्पल र सामसुङ कम्पनीका छन्, जबकि ९९ प्रतिशत मोबाइलको अपरेटिङ सिस्टम गुगल वा एप्पलको छ । संसारको झण्डै ९० प्रतिशत इमेल एप्पल र गुगलका उपभोक्ता हुन् । गोड्याडी र क्लाउड फेयरले करिब संसारका डोमेन नेम सिस्टमको ५० प्रतिशत सेवा प्रदान गर्छन् । यो क्रम जारी छ ।
फरेल र बेर्होनका अनुसार यस्तो केन्द्रीकरणले स्वतन्त्र नवप्रवर्तनको सिर्जनात्मक सम्भाव्यतामा कैँची लगाउँछ । उनीहरू लेख्छन्, ‘कुनै पनि चीजको दुई पक्षले काल्पनिक सुरक्षा घेरा सहजै निर्माण गर्न सक्छन् तर खुला, विश्वव्यापी ‘सञ्जालको पनि सञ्जाल’ को सञ्चालन गर्न सक्दैन । खुला र विश्वव्यापी इन्टरनेटमा मात्रै हरेक मानिसलाई नवप्रवर्तनका लागि समान अवसर प्राप्त हुन्छ ।’ गुगलका पूर्वप्रमुख डा.एरिक स्मिडको प्रसिद्ध भनाइ छ, ‘इन्टरनेट मानिसको यस्तो पहिलो निर्माण हो जसका बारेमा मानिस आफैं जान्दैन । योे अराजकतामाथि गरिएको हाम्रो अहिलेसम्मकै सबैभन्दा ठूलो परीक्षण हो ।’ डा.स्मिडले कुनै बेला गुगल खेती गरे, जसलाई उनी अराजकता ठान्छन् र यसैलाई पर्यावरण वैज्ञानिकले अवश्य पनि विविधता भन्छन् होला ।
वास्तवमा जग्गाधनीका लागि विविधता हानिकारक किटाणु हो, विशेषता होइन । फरेल र बेर्होन यो चाखलाग्दो रूपक प्रयोग गर्छन् । उनीहरूको निबन्ध ‘वैज्ञानिक वन’ को अवधारणाको बयानबाट शुरु हुन्छ । यस अवधारणाले अठारौं शताब्दीको अन्त्यतिरको पर्सिया र स्याक्सानीमाथि पकड जमाएको थियो । सो पद्धतिअनुसर कर्मचारीहरूले आफ्नो नमिलेको ठूलो जग्गा, छरिएका वनलाई एकै प्रजातिका रूखहरूलाई सिधा लहरमा राखी पुनव्र्यवस्थापन गरे । ‘मालिकहरूले वन व्यवस्थापन गर्न सिपालु स्थानीय व्यवस्थापकको सहयोग लिन छोडे । आधारभूत गणितीय प्रशिक्षणपछि मध्यम सीपयुक्त ज्यामीहरूले ती सिपालु व्यवस्थापकलाई प्रतिस्थापित गरे । प्रशिक्षणले एकल खेतीलाई सहज र बाधारहित बनाउन सिकायो ।’
अब तपाईं सहजै अनुमान गर्न सक्नुहुन्छ यो कुरा कसरी विकास भयो । ती सलक्क परेका रुखहरू पहिलो पटक ढाल्दा निक्कै आम्दानी भयो । त्यसपछि नयाँ रूखबिरुवा त रोपियो तर ती बिरुवा कीरा र रोगको आक्रमणमा परे । फरेल र बेर्होन लेख्छन्, ‘त्यो पहिलो भव्य आम्दानी सदीयौंको प्रचुरताको सुरुवात थिएन तर एक युगको एउटा सीमित फसल थियो, अर्थात् जैविक विविधता र सम्मिलनले निर्माण गरेको जमिनको वैभव । यो विविध वस्तुको एकआपसमा भएको मिलन राजहाँस थियो जसले सुनौलो अण्डा दियो र त्यसपछि त्यो राजहाँस काटियो ।’ हामी आइरिसहरूले सन् १८४५ देखि १८४९ सम्म जारी भयानक अनिकालबाट पत्ता लगाएजस्तै साधारणतया एकल खेतीप्रणाली राम्रो सोच होइन र हामी आफैंलाई खतरामा पार्दै विविधता त्याग्छौं ।
फरेल र बेर्होन अहिलेको अनलाइन दुनियाँका बारेमा त्यस्तै तर्क गर्छन्ः इन्टरनेट दोहनकारी र कमजोर एकल खेतीप्रणाली भएको छ । हामी यसलाई पुनर्जीवन दिन सक्छौं तर नियन्त्रण र जञ्जिरबाट पूर्णमुक्त गरेर मात्रै, त्यसैले त तिनीहरूको निबन्धको शीर्षक त्यस्तो छ । मलाई लाग्छ यो कुरा सिलिकन भ्यालीका लागि पनि त्यतिकै आकर्षक हुनेछ । (स्रोतः द गार्डियन डट कम, मे २०२४)
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच