काठमाडाैं । स्वतन्त्र सेनानी तथा नेपाली काङ्ग्रेस स्याङ्जाका नेता खगेन्द्र रेग्मीको आज बिहान निधन भएको छ । वि. सं २००५ सालमा स्याङ्जाको तत्कालीन खिलुङ गाविसको वडा नं २ र हाल भीरकोट वडा नं ७ मा जन्मिनुभएका रेग्मीको आज मंगलबार बिहान आफ्नै निवास भीरकोटमा निधन भएको हो ।
रेग्मी नेपाली काङ्ग्रेस स्याङ्जाका पूर्व सभापति पनि हुनुहुन्थ्यो । उहाँ राष्ट्रिय सभाका पूर्व सांसदसमेत हुनुहुन्थ्यो । लामो समयदेखि क्यान्सर रोगले थलिनुभएका रेग्मीले स्याङ्जाको राजनैतिक आन्दोलनमा विशिष्ट भूमिका खेल्नुभएको थियो ।
पञ्चायत विरोधी आन्दोलनमा उहाँले थुप्रै यातना र जेलनेल भोग्नुभएको थियो । सशस्त्र द्वन्द्वका क्रममा उहाँमाथि माओवादीहरुले गोली प्रहार गरी घाइते बनाएका थिए ।
दहथुम विद्यालयमा शिक्षक भएर पनि उहाँले राजनैतिक चेतना प्रदान गर्नुभएको थियो । उहाँको पार्थिव शरीरलाई आज ११ बजे स्याङ्जाको काङ्ग्रेस पार्टी कार्यालयमा राखिने भएको छ भने त्यसपछि राम्दीघाटमा अन्तिम दाहसंस्कार गरिने स्याङ्जा काङ्ग्रेसले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच