
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय स्तरमा अझैमाथि पुर्याउने विश्वास व्यक्त गर्नुभएको छ ।
उच्च अदालत पाटनबाट बलात्कारको मुद्दामा सफाई पाएपछि बुधवार पत्रकार सम्मेलनका क्रममा क्रिकेटर लामिछानेले यसअघि नेपाललाई जहाँ पुर्याएको थियो, त्यो भन्दा पनि माथि पुर्याउन प्रयास गर्ने प्रतिक्रिया दिनुभएको हो ।
गौशाला २६ ले आफूमाथि बलात्कार भएको भन्दै लगाएको मुद्दामा काठमाडौं जिल्ला अदालतले दोषी ठहर गरेको थियो । सोहीविरुद्ध सन्दीप उच्च अदालत जानुभएको थियो । बुधवार उच्च अदालतले काठमाडौंको फैसला बदर गरेको हो ।
त्यससँगै पत्रकार सम्मेलनमा सन्दीपले यो मुद्दा खेपेको साढे एक वर्षभन्दा बढी समय भएको र आरोप लागेको पहिलो दिनदेखि नै आफू निर्दोष रहेको बताउँदै आएको समेत उल्लेख गर्नुभयो ।
उहाँले आफूलाई धेरै तवरबाट फसाएर नभएको अपराधको दोेषी बनाइएको दाबी गर्नुभयो । तथापि, अहिले न्याय पाएको उल्लेख गर्दै उनले यसअघि अदालतको फैसलालाई सम्मान गरेको र अहिले उच्च अदालतलाई पनि सम्मान गर्ने बताउनु भयो । उच्च अदालत पाटनका प्रवक्ता विमल पराजुलीले जिल्ला अदालतले गरेको फैसला पूर्ण रूपमा उल्ट्याएको उल्लेख गर्दै उच्च अदालतले सफाई दिएको बताउनु भयो ।
साथै प्रवक्ताले गौशला २६ नाबालिक नरहेको पनि फैसलामा उल्लेख भएको बताउनु भयो । सन्दीपका वकिल सरोजकृष्ण घिमिरेले मुद्दा जाहेरीकर्ताप्रति पनि सम्मान गर्न सबैमा आग्रह गर्दै उहाँको आत्मसम्मानमा ठेस पुग्ने किसिमका अभिव्यक्ति नदिन आग्रह गर्नुभयो ।
सन्दीपले आरोप लागेदेखि नै कानून र अदालतको सम्मान गर्दै आएको सरोजकृष्णले बताउनु भयो । साथै उहाँले सन्दीपमाथि नेपाल क्रिकेट संघ (क्यान) ले लगाएको प्रतिवन्ध फुकुवा गर्दै नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तानी जिम्मेवारी फिर्ता गर्नुपर्ने समेत जिकिर गर्नुभयो । बुधवार नै क्यानले सन्दीपमाथि लगाइएको प्रतिवन्धसमेत फुकुवा गरिसकेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच