घट्यो सुनको मूल्य

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौ । नेपाली बजारमा बिहीबार पनि सुनको भाउ घटेको छ । सुनको भाउ तोलामा ८०० रुपैयाँले घटेको छ । योसँगै प्रतितोला छापावाल सुन  १ लाख १० हजार ४०० रुपैयाँ र तेजाबी सुन  १ लाख ९ हजार ८५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार पनि सुनको भाउ तोलामा १०० रुपैयाँले घटेको थियो । यो दिन प्रतितोला छापावाल सुन  १ लाख ११ हजार २०० रुपैयाँ र तेजाबी सुन  १ लाख १० हजार ६५० रुपैयाँमा कारोबार भएको थियो ।

शुक्रबार चाँदीको भाउ तोलामा ५ रुपैयाँले घटेर १ हजार ३७० रुपैयाँ कायम भएको छ । बुधबार तोलामा ५ रुपैयाँले घटेर १ हजार ३७५ रुपैयाँमा किनबेच भएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?