काठमाडौं । चलचित्र ‘आचार्य’ पुनः प्रदर्शन हुने भएको छ । गत फागुनमा निधन हुनुभएका गायक भक्तराज आचार्यको जीवनीमा आधारित चलचित्र ‘आचार्य’ १३ वर्षपछि पुनः प्रदर्शन गरिने भएको हो । शुक्रबार काठमाडौंमा एक कार्यक्रमबीच आगामी असार ७ गते चलचित्रलाई पुनः प्रदर्शन गरिने जानकारी गराइएको थियो । चलचित्रलाई नेपाल तथा विदेशमा एकसाथ प्रदर्शन गरिनेछ । नेपालमा ब्यांकटेस इन्टरटेनमेन्ट र विदेशमा सेभेन सिजले चलचित्र प्रदर्शन गर्ने जनाइएको छ ।
चलचित्रमा गायक आचार्यको भूमिकामा उहाँकै जेठा छोरा सत्यराज आचार्यले अभिनय गर्नुभएको छ । उहाँ फिल्मका निर्माता पनि हुनुहुन्छ । पहिलोपटक चलचित्र रिलिज हुँदा धेरैले हेर्न नपाएकाले पुनः रिलिज गर्न लागिएको उहाँले जानकारी गराउनुभयो । यो बुबाप्रति ‘ट्रिब्युट’ पनि रहेको उहाँको भनाइ थियो । सत्यराजका अनुसार, नयाँ चलचित्रजस्तै गरी यो चलचित्रलाई सार्वजनिक गरिनेछ । आगामी साता ट्रेलर रिलिज गरिँदैछ ।
प्रशान्त रसाइलीको निर्देशनमा तयार भएको चलचित्रमा सत्यराजसहित सुनिल पोखरेल, अरुणा कार्की, दयाहाङ राई, विपिन कार्की, सौगात मल्ललगायतको पनि अभिनय छ । यो चलचित्र २०६८ साल (सन् २०११)मा सार्वजनिक भएको थियो । त्यतिबेला चलचित्रले राम्रो व्यापार गर्न नसकेको भए पनि उत्कृष्ट समीक्षा मिलेको थियो । यसपछि धेरैपटक ‘आचार्य’को विशेष शो आयोजना भइसकेको छ ।
चलचित्रमा गायक आचार्यको जीवनका अनेक पाटाहरू केलाइएको छ । उहाँले पाएको सफलता, गरेको संघर्ष र भोगेका दुःखको कथा चलचित्रमा छ । २०४६ सालमा सांघातिक आक्रमणपछि उहाँको जिब्रोमा सेतो दाग देखिएको थियो । डाक्टरले क्यान्सर भएको घोषणा गरेपछि जिब्रो काटिएको थियो । यसपछि उहाँको सुर र स्वर गुम्न पुग्यो । त्यो घटनालाई पनि यो चलचित्रले देखाउँछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच