काठमाडौं । कथा वाचक साइग्रेस पोखरेलको अडियो नोभेल ‘अधुरो प्रेम’मा आधारित रही चलचित्र बन्ने भएको छ । शनिबार काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित ‘वर्ड टुर विथ साइग्रेस’को ६०औं शृंखलामा साइग्रेस आफैंले यो चलचित्रको घोषणा गर्नुभएको हो ।
शिशिर खातीले निर्देशन गर्ने चलचित्रलाई प्लानेट थ्री फिल्म्सले निर्माण गर्ने तय भएको छ । कार्यकारी निर्माताको रूपमा अर्जुन सुवेदी रहनुभएको छ । चलचित्रको घोषणा गर्दा यसको थिम पोस्टर पनि सार्वजनिक गरिएको थियो ।
साइग्रेसले आफ्नै युट्युब च्यानलमा तीन वर्षअगाडि अपलोड गरेको एक घण्टा ४६ मिनेट लामो अडियो नोभेल ‘अधुरो प्रेम’ हालसम्म ६२ लाखभन्दा बढी पटक सुनिएको छ । यसलाई अडियो सुन्ने अन्य प्लेटफर्महरूमा समेत लाखौं पटक सुनिएको छ ।
विसं २०८२ मा रिलिज लक्ष्य राखिएको यस चलचित्रमा कलाकार र अन्य टिमको विषयमा भने टुंगो लागिसकेको छैन । चलचित्रका निर्माण नियन्त्रक मनोज जोशी रहनुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच