
काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपीए) २०२४ को प्लेअफ समिकरण पूरा भएको छ । शुक्रवार राति रोयल च्यालेञ्जर्स बैंगलुरूले चेन्नई सुपर किंग्सलाई २७ रनले पराजित गर्दै प्लेअफ पुग्ने चौथो टोली बन्यो ।
यस सिजनको आइपीएलमा कोलकाता नाइट राइडर्स, सनराइजर्स हैदरावाद, राजस्थान रोयल्स र बैंगलुरू प्लेअफमा पुगेका छन् । अंक तालिकामा कोलकाता पहिलो स्थानमा छ । यस्तै कोलकातासँगको खेल वर्षाका कारण रद्द हुँदा दोस्रो स्थानको राजस्थान तेस्रो स्थानमा झरेको छ । यस्तो उपाधि होडमा रहेको राजस्थानलाई ठूलो झड्का लागेको छ ।
राजस्थानले अब एलिमिनेटर खेल खेल्नुपर्ने छ । अंक तालिकामा दोस्रो स्थानमा रहेको खण्डमा राजस्थानले फाइनल पुग्ने दुईवटा सुनौलो मौका पाउने थियो । फाईनल पुग्न दोस्रो स्थानको हैदरावादले दुई ओटा मौका पाउने छ ।
क्वालिफायर–१ तालिकाको पहिलो र दोस्रो टोलीबीच खेल हुनेछ । विजेता टोलीले फाइनलमा स्थान बनाउने छ । भने पराजित टोलीले दोस्रो क्लालिफायर खेल्न पाउँने छ । अर्थात पहिलो क्वालिफायर पराजित भएको टोली दोस्रो क्लालिफायरमा विजयी भए फाइनलमा पुग्ने छ ।
तेस्रो र चौथो टोलीबीच एलिमिनेटर खेल हुनेछ । इलिमिनेटर खेलमा हार्ने टोली प्रतियोगिताबाट बाहिरिनेछ । भने विजेता टोलीले क्लालिफायर एक हार्ने टोलीसँग प्रतिस्पर्धा गर्नेछ ।
यस्तो छ प्लेअफको खेल तालिका
मंगलबार – क्वालिफायर–१ कोलकता र हैदरावाद
बुधबार – एलिमिनेटर राजस्थान रोयल्स र बैलुरु
शुक्रबार – क्वालिफायर–२
आइतबार – फाइनल

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच