काठमाडौं । नेपालका चर्चित संगीतकार दीपक शर्मा आफ्ना चर्चित गीतहरू लिएर सहयोगी कलाकारका साथ एकल साँझमा गुञ्जिनु भएको छ । शुक्रबार बेलुका उहाँ चाहना रोधीघर ठमेलमा आयोजित ‘दीपक शर्मा एकल साँझ’ कार्यक्रममा आफ्ना गीत संगीतसहित प्रस्तुत हुनुभएको थियो ।
सो कार्यक्रममा संगीतकार दीपक शर्मालाई उहाँकै गीतका चर्चित गायक गायिकाले गीतहरू गाएर साथ दिए । करिब दुई घन्टासम्म चलेको कार्यक्रमको सुरुमा चाहना रोधीघरकी सञ्चालक बबिता बानियाँ ‘जेरी’ले दीपक र उहाँको टिमलाई खादा गाएर स्वागत गर्नुभएको थियो ।
साँझ छिप्पिँदै जाँदा रोधीघरमा संगीतप्रेमीको जमघट बढ्दै गएको थियो । त्यसपछि दीपक आफ्ना गीतहरू लिएर सहयोगी कलाकारसँग मञ्चमा उत्रिनुभयो । सो सांगीतिक कार्यक्रमको सुरुमा संगीतकार शर्माले आफुद्वारा संगीतबद्ध चलचित्र छक्का पञ्जाको चर्चित गीत ‘देखन चम्पा...’ प्रस्तुत गर्नुभएको थियो । दर्शकले पुनः उहाँलाई गायन प्रस्तुतिको माग गरेपछि दीपकले अर्को गीत ‘पछि पछि लायर...’प्रस्तुत गर्नुभएको थियो ।
प्रत्यक्ष बाद्यबादनसहित आयोजना गरिएको उक्त एकल साँझमा दीपक शर्माद्वारा संगीतबद्ध १० वटा गीत प्रस्तुत गरिएको थियो । शर्माले गीत प्रस्तुत गर्दा वान्स मोर भन्दै उहाँलाई दर्शकले पुनः गीत गाउन आग्रह गरेका थिए । आफूले दुई वटा गीत प्रस्तुत गरिसकेपछि शर्माले एकल साँझभरी बाँकी कलाकारलाई हार्मोनियममा साथ दिएका थिए ।
यसपछि एकल साँझमा शर्माद्वारा संगीतवद्ध विभिन्न हिट गीतहरू यसपछि सम्बन्धित कलाकारहरूले कार्यक्रममा प्रस्तुत गरेका थिए । यसै क्रममा अर्का गायक सविन सुवेदीले कार्यक्रममा ‘नलाएको मायाँ...’, ‘पर्दैन पर्दैन...’, ‘पर्ख पर्ख मायाँलु...’, गीत प्रस्तुत गरेका थिए । गायक सविनलाई ‘पर्ख पर्ख मायालु’ र ‘पर्दैन पर्दैन’सहित दुई गीतमा गायिका बेनिशा पौडेलले स्वरमा साथ दिनुभएको थियो ।
सो क्रममा गायिका बेनिसा पौडेलले दीपक शर्माद्वारा संगीतबद्ध आफ्नो अर्को चर्चित गीत ‘आँखैमा लाउने गाजल सकियो...’प्रस्तुत गर्नुभएको थियो । यसपछि गायक डेबिड शंकर गायनमा उत्रिनुभएको थियो । कार्यक्रममा गायक डेबिडले पनि दीपकद्वारा संगीतबद्ध हिट गीतहरू नै प्रस्तुत गर्नुभएको थियो । चलचित्र ‘छक्का पञ्जा ४’ को हिट गीत ‘दर्शन सलाम...’, चलचित्र ‘छक्का पञ्जा ३’ को चर्चित गीत ‘पहिलो नम्बरमा...’, ठेभिडले प्रस्तुत गर्नुभएको थियो । यी दुबै गीतमा डेविडलाई गायिका बेनिशाले महिला स्वरमा साथ दिनुभएको थियो ।
यस्तै गायक डेविडले कार्यक्रमको अन्त्यमा दुई वटा गीतहरू आफ्नो एकल स्वरमा प्रस्तुत गर्नुभयोे । उहाँले दीपकैकै चर्चित गीत ‘पिरिम नलाउने...’ र अर्को चर्चित गीत ‘तिमीलाई हेरेर...’ गाउनुभएको थियो । दीपक शर्माको टोलीलाई धन्यबाद दिँदै सो सांगीतिक साँझ निकै भव्य भएको चाहाना रोधीघरकी सञ्चालक बायिनाँले बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच