काठमाडौं । मकवानपुर जिल्ला सितोरियो कराँते प्रशिक्षक नरेन्द्र श्रेष्ठको निधन भएको छ । ४८ वर्षीय प्रशिक्षक श्रेष्ठको सोमबार उपचारका क्रममा काठमाडौंस्थित वीर अस्पतालमा निधन भएको हो ।
कलेजोमा समस्या देखिएपछि उपचाररत प्रशिक्षकको निधन भएको परिवारले जनाएको छ । २०५४ सालदेखि २०६० सालसम्म करार प्रशिक्षकका रूपमा काम गर्नुभएका श्रेष्ठ २०६१ सालदेखि राष्ट्रिय खेलकुद परिषद्को स्थायी प्रशिक्षकका रूपमा नियुक्त हुनुभएको थियो ।
उहाँ मकवानपुर जिल्लामा कराँते प्रशिक्षकका रूपमा कार्यरत हुनुहुन्थ्यो । श्रेष्ठको पार्थिव शरीरको अन्त्येष्टि सोमबार बिहान हेटौँडा-१० स्थित राप्ती तटमा गरिएको छ । प्रशिक्षक श्रेष्ठको निधनको शोकमा मंगलबार एक दिन मकवानपुर जिल्ला खेलकुद विकास समितिले कार्यालय बन्द गर्ने निर्णय गरेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच