✍️ रमेशप्रसाद गौतम
नेपालकोे शिक्षा प्रणाली अव्यस्थित ढंगले चलिरहेको छैन । यसको आधार कमजोर छ । हालको शिक्षाले उत्पादित जनशक्ति कामको खोजीमा भौंतारिरहेको छ । देशभरका दिक्षित हुनेहरूमध्ये झण्डै ९३ प्रतिशतले साधारण शिक्षा हासिल गरेका छन् । प्राविधिक शिक्षातर्फ न्यून प्रतिशत छ । साधारण शिक्षा हासिल गरेकाले रोजगार पाउँदैनन् र यस किसिमको शिक्षाले स्वरोजगारको स्थिति सिर्जना गर्न सक्दैन । देशको सरकारी तथ्यांक अनुसार उच्च शिक्षामा १७ प्रतिशत भन्दा बढी देखिँदैन । त्यसमा पनि यिनले रोजगार पाउन सक्दैनन् भने शिक्षाको प्रयोजन के नै देखियो र ? मूलतः शिक्षाको जरोदेखि नै कमजोर हुँदै आएपछि सरकारले यति लगानी छ उति लगानी छ भन्दैमा गुणस्तरीय शिक्षा हुने होइन ।
सार्वजनिक शिक्षाको स्तर खस्कँदो छ भने निजी क्षेत्र व्यापारिक छ । अनि कुन चाहिँलाई राम्रो भन्ने ? बहुसंख्यक नेपालीको आर्थिक अवस्था डामाडोल छ । तिनको पहुँच निजी शिक्षामा पुग्न सक्दैन । शैक्षिक सत्रको आरम्भमा कतिपय सरकारी विद्यालयले भर्ना संख्या बढी भएको देखाउन नक्कली तथ्यांकसमेत देखाउने गरेको सुन्नमा आउँछन् । बीचमा विद्यालय छाड्नेको संख्या त्यत्तिकै भेटिन्छ । कक्षा एकमा भर्ना भएका संख्या १० कक्षासम्म पुुग्दा ५० प्रतिशत भन्दा कम हुन पुग्दछ । उच्च शिक्षासम्म पुग्दा न्यूनमात्र पुग्दछन् । सार्वजनिक शिक्षामा बढी लगानी भएको छ भन्ने चर्चा गरिए तापनि त्यो अपर्याप्त छ ।
शिक्षकले कक्षा कोठामा सिकाएका कुरा ठीक हन् कि होइनन् भनी विद्यार्थीले घरमा आएर गुगललाई सोध्न सक्छन् । यसरी सूचना र ज्ञान भण्डारन भएर रहने भएपछि ज्ञान निर्माणको प्रक्रिया किन चाहियो ? .....
सार्वजनिक शिक्षामा अझ तल्लो तहको शिक्षामा झनै कम लगानी पुगी छ । यस तहमा झण्डै ७० प्रतिशत बालबालिका प्राथमिक तहको आधारभूत सीपबाट विमुख छन् । जम्मा आठ प्रतिशत विद्यार्थीले मात्रै माध्यामिक तहको आधारभूत सीप सिकेको अनुमान गरिन्छ । विकसित देशहरूमा ७० प्रतिशत विद्यार्थीले आधारभूत माध्यामिक तहको सीप सिकेका हुन्छन् । प्रविधिको विकासलाई हेर्दा विकसित र अविकसित बालबालिकाको सिकाइमा ठूलो फरक देखिन्छ । यो समस्या विश्वव्यापी नै चुनौतीका रूपमा छ । नेपालले गम्भीरतापूर्वक नियाल्नु जरुरी छ । कतिपय निजी स्रोतका विद्यालय गुणस्तरीय शिक्षाका नाममा पुस्तकका भोलम बढाएर केटाकेटीको काँधमा बोझ थोपर्ने काम गरिरहेका छन् भने अर्कातर्फ अव्यावहारिक एकोहोरो र पढाइभन्दा बाहिर केही नजान्ने जनशक्ति उत्पादन गरिरहेका छन् ।
पाठ्यपुस्तकमा भएका कुरा सर्वकालीन र सधा उपयोगी नहुन सक्दछन् । यसर्थ पाठ्यक्रमको उद्देश्यलाई पूरा गर्नेगरी शिक्षकले समसामयिकतामा जोड दिई वर्तमान चुनौती र समाधनमा बल पुर्याउन सक्नुपर्छ । परीक्षाका लागि घोकाइको आधारमा परीक्षामा उत्तीर्ण गराएका हुन्छन् । पछि व्यवहारमा उसले सिकेका ज्ञान सीप असान्दर्भिक बन्न सक्दछन् । खालि एकहोरो शिक्षण विधिमात्र अपनाएर विद्यार्थीलाई विषयको जानकारी गराउनुभन्दा बोझ थपिदिएझैँ भएको छ । सबै तहमा किताब बेस्सरी बोकाइदिइरहेका छौँ अनि बेस्सरी घोकाइरहेर कहाँ व्यावहारिक ज्ञान पढायौं त ? त्यसको प्रतिफल के आयो त ? दोष विद्यार्थीलाई कि सिकाइ प्रणालीलाई यी यावत् पक्षको मनन् गर्नु जरुरी छ ।
आज पढाइने पुस्तकका विषय कुन कालखण्डमा लेखिएका होलान्, अहिले ती घटना परिस्थिति बदलिएका हुन सक्छन् । ती पुस्तक अपडेट गराउँदै लगेमात्र विद्यार्थीको दक्षता वृद्धिमा बल पुग्दछ । यी सबै घटनालाई नयाँ ढंगले नयाँ परिवेशमा शिक्षकले सिकाउन सक्नुपर्दछ । आजको दुनियाँले यसलाई सामना गर्न सक्नुपर्दछ । आज ज्ञान पुँजीको प्रभाव बढ्न थालेसँगै अध्ययन अनुसन्धानमा विकसित देशहरूले व्यापक विस्तार गर्दै आएका छन् । विकासोन्मुख मुलुकका जनशक्ति उपयोग गरी नयाँ, ज्ञान र प्रविधि विकास गरिरहेका छन् ।
विश्वमा कम्प्युटर, स्मार्ट फोनको प्रयोग बढेसँगै र गुगलएप्पलजस्ता ठूला डेटा सेन्टरमा भर पर्न थालेपश्चात मानिसको दिमाग प्रयोगको कम हँुदै जान थालेको छ । यसले गर्दा मानिसको दिमागी क्रियाशीलतामा कमी हुनुका साथै ह्रासोन्मुख होला भन्ने त्रास उत्पन्न गराउँदैछ । सबै जिज्ञासा र प्रश्नको उत्तर गुगलले दिने भएपछि मानिसको दिमागी काम घट्दै जान थालेको छ । शिक्षकले कक्षा कोठामा सिकाएका कुरा ठीक हन् कि होइनन् भनी विद्यार्थीले घरमा आएर गुगललाई सोध्न सक्छन् । यसरी सूचना र ज्ञान भण्डारन भएर रहने भएपछि ज्ञान निर्माणको प्रक्रिया किन चाहियो ?
हाम्राजस्ता मुलुकको ब्रेन डे«नको डरबाट अबभोलि ब्रेन लुप्त हुने खतरा आउने भय बढ्दैछ । नेपालको ब्रेन ड्रेनको चर्को अवस्था छ । केटाकेटी अमेरिका, अष्ट्रेलिया, भारत, चीन, बेलायत, क्यानाडा, जापान, न्युजिल्याण्ड आदि देशमा अध्ययन गर्न ठूलो संख्यामा गइरहेका छन् । विदेशिनु देशका लागि राम्रो होइन । यस्ता विषयमा राज्यको गम्भीर ध्यान जानु जरुरी छ । विद्यार्थीले करोडौं रुपैयाँ विदेश लगिरहेका छन् । यस सम्बन्धमा अध्ययन र विश्लेषण गरी आवश्यक सुधारतर्फ लाग्नु मनासिव हुन्छ । आजको विश्व बजारमा जो जहाँ गएर पनि पढ्न सक्दछ । कहिँ कसैको रोकतोक हुनुहुँदैन । हुन सक्छ नेपालमा चाहे अनुसारको विषय र न्यूनतम गुणस्तरको प्रत्याभूति नभएर नै बाहिर गएका हुन सक्छन् । यसर्थ न्यूनतम स्तरको प्रत्याभूत किन भयो यस सम्बन्धमा सुधार र परिवर्तनको खाँचो छ । देशमा देखापरिरहेको दण्डहीनता, भष्ट्राचार र सुशासनको अभावले युवा वर्गमा निराशा र कुण्ठा देखापर्नुले पलायन हुने प्रवृत्तिको विकास हुँदैछ ।
राजनीतिक नेतृत्वमा शिक्षालाई सही ढंगले समयानुकूल बनाउन मुलुकका विदेशिएका नागरिकहरूलाई कसरी स्वदेश फर्काउने, तिनले सिकेका सीपबाट मुलुकले कसरी लाभ लिने भन्नेमा ध्यान जानु जरुरी छ । विदेशमा सीप र शिक्षा सिकेका दक्षता फर्केर नेपालमा काम गर्ने वातावरण कसरी बनाउने भन्नेतिर सरकार व्यवस्थित ढंगले लाग्नुपर्दछ । देशलाई चाहिने जनशक्ति के कति चाहिन्छ त्यसमा देशबाहिर अध्ययन गरेका जनशक्ति कति छन् यकिन आकडा हुनु जरुरी छ । मानिसको जीवन यापनका लागि स्तरीय शिक्षा, स्वास्थ्य र बासस्थानको खाँचो पर्दछ । प्रायः देशले आफ्नो संविधान वा कानुन बनाउँदा शिक्षा क्षेत्रलाई प्राथमिकतामा राख्ने गर्दछन् । देशको उद्योगधन्दा, बन्दव्यापार उत्पादनमूलक कार्यदेखि विकास निर्माणमा समेत शिक्षाको प्रभाव परेको हुन्छ ।
चाहिएका ठाउँमा शिक्षाको स्रोत नपुगेका गुनासा धेरै छन् भने नचाहिएको ठाउँमा स्रोत थुपार्ने गरिन्छ । शिक्षक दरबन्दीमा पनि यही कुरा लागू हुन्छ जहाँ विद्यार्थी थुप्रै छन् त्यहाँ शिक्षक अपुग हुन्छन् र जहाँ विद्यार्थी कम हुन्छन् त्यहाँ बढी शिक्षक थुपारिएका छन् । विद्यार्थी अनुपातमा शिक्षक मिलान कार्य वर्षौंदेखि निष्क्रिय छ । राजनीतिक दलका नेताले नियामक निकायलाई आफ्नो अनकूल नियम मिच्ने दबाब दिन्छन् । विद्यालय राम्रो भएमात्र विद्यार्थीको भविष्य राम्रो हुने हो । विद्यालयसँग अभिभावकको सपना, राज्यको लगानी र योग्य शिक्षकको मिहिनेत जोडिएको हुन्छ । त्यहाँ बालबालिकाको भविष्य उज्ज्वल हुन्छ र अभिभावकको सपना पूरा हुन्छ । विद्यालय राम्रो हुन सरकारी नीति राम्रो हुनुपर्यो, अभिभावक सचेत हुनुपर्यो, शिक्षक कुशल र योग्य बन्नुपर्यो ।
शिक्षामा सुधार ल्याउने उद्देश्यले ल्याउन लागेको शिक्षा ऐन संशोधनको संघारमा छ । संशोधनका लागि विगतदेखि प्रयत्न हुँदै आएको छ । तथापि अहिलेकै अवस्थामा विधेयक प्रस्तुत नगरेको चाहिँ होइन, प्रस्तुत गर्न लाग्दा साँच्चै घनीभूत रूपमा शिक्षक आन्दोलन चर्कियो । शिक्षकहरूले प्रस्तुत विधेयकमा आफ्ना माग राख्न दबाब दिए । शिक्षकका पेशागत मागमा नियुक्तिदेखि सरुवा, बढुवा, मानसम्मान, निवृत्तिभरणसम्मका विषय थिए । शिक्षकका माग पेशागत भएकाले सरकारले ती पूरा गर्नुमा श्रेयस्कर छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच