
जनकपुरधाम । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरेकाे विरोधमा जनकपुरधाममा प्रदर्शन गरिएको छ ।
जनकपुरधामका युवाहरु मध्यरातमा सडकमा ओर्लिएर प्रदर्शन गर्नुभएकाे हाे । सिरोहियालाई पक्राउ गर्नु प्रजातन्त्रकै उपहास रहेको उहाँहरुको भनाइ छ ।
जनकपुरधामको महावीर चोकमा युवाहरुले टायर बालेर विरोध प्रदर्शन गर्नुभएकाे थिाये । उहाँहरुले गृहमन्त्री रवि लामिछानेविरुद्ध नाराबाजी समेत गर्नुभएकाे छ ।
२०६२–०६३ सालको जन आन्दोलनको अगुवाई गरेको कान्तिपुर मिडियालाई नियोजित रुपमा रिसिईबीका कारण घेराबन्दीमा पार्न खोजिनु लोकतन्त्र माथिकै प्रहार भएको प्रदर्शनकारीको भनाइ छ । प्रदर्शनको क्रममा युवाहरुले गृहमन्त्री लामिछानेको राजिनामाको माग गर्नुभएकाे छ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच