इलाम ट्राफिकले बढायाे सक्रियता

प्रकाश नेपाल इलाम, संवाददाता
Read Time = 2 mins

इलाम । जिल्ला ट्राफिक प्रहरी कार्यालय इलामले दुर्घटना न्युनिकरणका लागि सक्रियता बढाएको छ । ट्राफिक प्रहरीले यात्रुवाहक तथा मालवाहक गाडीसहित तिनपाङग्रे र मोटरसाइकलको गति मापन गर्नुका साथै कागजपत्र, सवारी लाइसेन्स चेकजांच तथा जनचेतनामूलक कार्यक्रमहरुलाई अघि बढाएको हो ।

पछिल्लो समय इलाममा सवारी दुर्घटना बढे पछी सर्वसाधारण मानिस अंगभंग भई कतिपयको ज्यानसमेत गएकोले सवारी साधन चेकिङमा तीव्रता दिइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय इलामले जनाएको छ ।

सडकमा दुर्घटना न्यूनीकरण गर्न वैज्ञानिक रुपमा प्रहरी अघि बढेको प्रहरीले जनाएको छ ।

मादक पदार्थ सेवन,क्षमता भन्दा बढी यात्रु बोक्नु , तीब्र गति र साँझमा विपरीत दिशाका दुई यातायातका साधनका चालकबीच बत्तीको समन्वयकारी भूमिका नहुँदा अध्यधिक दुर्घटना बड्दै गएको छ ।

पछिल्ला दिनमा तीन पाङग्रे सवारी साधन र राजमार्गमा तिब्र गतिमा चल्ने मोटरसाइकलको लापरबाहीका कारण पनि राजमार्गमा दुर्घटना बढेको प्रहरीको तथ्यांक छ ।

ट्राफिक प्रहरीले यातायात मजदुरलाई रुट परमिट लिएर मात्र सवारी साधन चलाउन, कागजपत्र दुरुस्त राख्न, निर्धारित भाडादर भन्दा बढी भाडा नलिन, सवारी साधन चलाउँदा मादक पदार्थ तथा लागुपदार्थ सेवन नगर्न र क्षमता भन्दा बढी यात्रु नबोक्न यातायात मजदुरलाई सुझाव दिँदै आएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?