
जेनेभा । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का प्रमुख टेड्रोस एधानोम घेब्रेयसले इजरायललाई गाजामा चिकित्सा सहायता आपूर्तिमा नाकाबन्दी हटाउन आग्रह गर्नुभएको छ । उहाँले गाजाको युद्ध क्षेत्रमा करिब सात सयजना गम्भीर बिरामी फसेका बताउँदै चिकित्सा सहायता सामग्रीको अभावलाई तत्काल सम्बोधन गर्न विश्व समुदायको ध्यानाकर्षण गराउनुभयो ।
इजिप्टबाट गाजामा प्रवेश गर्ने सीमाक्षेत्र दुई हप्तादेखि बन्द हुँदा गाजामा आपत्कालीन स्वास्थ्य आपूर्तिका लागि प्राथमिक पाइपलाइनसमेत काटिएको डब्ल्युएचओका महानिर्देशक घेब्रेयसले जेनेभामा पत्रकार सम्मेलनमा बताउनुभएको हो ।
गाजामा कहालीलाग्दो अवस्था रहेको बताउँदै गाजाको अस्पताल परिसर र वरपरका क्षेत्रमा देखिएको तनावले यहाँको चिकित्सा सेवा क्षमतालाई प्रभावित गरेको र बिरामीलाई अस्पतालको पहुँचसम्म पुग्न गाह्रो बनाएको टेड्रोसले उल्लेख गर्नुभयो ।
उत्तरी गाजामा दुईवटा मात्र अस्पतालहरूले सेवा प्रवाह गरिरहेको तर उक्त सेवा अपुग देखिएकाले स्वास्थ्य सेवाहरू प्रदान गर्ने वातावरण बनाउन सम्बन्धित सबैको ध्यान जानुपर्ने डब्लुएचओ प्रमुख घेब्रेयसले बताउनुभयो ।
उहाँले राष्ट्रसंघीयको स्वास्थ्य निकायले गाजामा थप सहायता प्रवाह नगरी अस्पताल र जनसंख्यालाई जीवन बचाउने सहयोग कायम राख्न नसकेकोमा पनि दुःख व्यक्त गर्नुभयो ।
डब्ल्युएचओ र यसका साझेदारहरूले पछिल्लो समयमा अस्पतालमा थोरै मात्रामा इन्धन पु¥याउन सफल भएका छन् । गाजामा स्वास्थ्य सेवा सञ्चालनका लागि ठूलो मात्रामा इन्धनको आवश्यकता रहेको तर प्रत्येक दिन आवश्यक पर्ने इन्धनभन्दा निकैै कममात्र आपूर्ति हुने गरेको उहाँले बताउनुभयो । रासस/सिन्हृवा ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच