काठमाडौं । वर्तमान विश्वमा बौद्ध धर्म–दर्शन लोकप्रिय छ। आफ्नै प्रयासले सत्यको बोध गरी त्यही सत्यरूपी शिक्षालाई सर्वसुलभ गर्ने गौतम बुद्धको जन्मस्थल लुम्बिनी नेपालभित्रै परेकाले नेपालीहरू उहाँसँग भावनात्मक सम्बन्ध राख्न मन पराउँछन्।
बुद्ध नेपालमा जन्मेको भनी गौरव गर्ने, मन परेको कुरा व्यक्त पनि गर्ने तर उहाँ र उहाँका शिक्षा वा धर्म–दर्शनबारे अनभिज्ञ हुनु एक खालको विरोधाभास हो। बौद्ध धर्म–दर्शनबाट विश्व लाभान्वित भइरहेको अवस्थामा आफू त्यसबारे अनभिज्ञ हुनु कतिपय नेपालीलाई निको लाग्दैन र अध्ययन तथा अभ्यास गर्नतिर लागेको पाइन्छ।
भगवान गौतम बुद्धद्वारा प्रतिपादन गरिएको बौद्ध र्धमलाई वैज्ञानिक र्धम मान्नेहरुको संख्या पनि धेरै छ । वैज्ञानिक अल्बर्ट आइन्स्टाइन भन्छन्, ‘यदि आधुनिक विज्ञानसँग सम्बन्ध निभाउन सक्ने कुनै धर्म छ भने त्यो बुद्ध धर्म नै हुन्छ ।’ आइन्स्टाइनले उहिले भनेको कुरा अहिले झनै प्रमाणित हुँदै आइरहेको छ ।
बुद्धले सिकाएको– माइन्डफुलनेस, अहिले पश्चिमा वैज्ञानिकहरूको अध्ययनको केन्द्र बनेको छ, । विश्वभरि माइन्डफुलनेसको लोकप्रियता दिनानुदिन बढ्दै गइरहेको छ । यसको प्रयोग पहिला मानसिक स्वास्थ्यका लागि भयो भने पछि चिकित्सा, शिक्षा, व्यवस्थापन, खेलकुद आदि विभिन्न संस्था र क्षेत्रमा फैलिरहेको छ ।
माइन्डफुलनेस ‘स्मृति’ शब्दको अनुवाद हो । बुद्धको अष्टाङ्ग मार्गको सातौँ अङ्ग हो, सम्यक स्मृति । शब्दकोशमा पनि यही अर्थ लाग्छ । तर ‘सम्यक स्मृति’मा स्मृतिको अर्थ वर्तमानमा होशपूर्वक रहनु भन्ने हुन्छ । अष्टाङ्ग मार्गमा सम्यक स्मृतिपछि सम्यक समाधि आउँछ ।यसलाई वैज्ञानिकहरुले निकै महत्वका साथ हेरेको पाइन्छ ।
पश्चिमा दिमाग भनेको वस्तुगत खोज, अनुसन्धान, विश्लेषण गर्ने खालको हो । तिनीहरू आफ्नै भए पनि आन्तरिक अनुभवमा मात्र विश्वास गर्दैनन्
त्यसैले पश्चिमले यी ध्यान विधिहरूको प्रभावकारिताको वैज्ञानिक परीक्षण गरे । तिनमा पहिलो नाम आउँछ, जोन कबट जिन । पेसाले उनी चिकित्साशास्त्रका प्रोफेसर थिए । यति मात्र होइन बैद्ध धर्मको विषयमा वैज्ञानिकहरुले थुप्रै अध्ययन गरेका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच