– राजीव श्रेष्ठ
करिब २७ वर्षअघि नेपालमा रहेको राजतन्त्र र समाजमा व्याप्त सामाजिक अपचलन कुरीति, विभित्र जातजाति, लिङ्ग, वर्ण र वर्गबीचको विभेदको अन्त्य गर्न नेकपा माओवादीले जनयुद्धमार्फत् जनक्रान्तिका उद्घोष गरे । २०५२ साल फागुन १ गतेबाट सुरुवात गरिएको सशस्त्र द्वन्द्व २०६३ साल मङ्सिर ५ गते तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र माओवादी अध्यक्ष प्रचण्डले विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गरेपछि टुङ्गिएको थियो । बहुदलीय प्रजातन्त्र भनिए तापनि राजाको निगरानीमा रहेको तत्कालीन प्रधानमत्री शेरबहादुर देउवासमक्ष ४० बुँदे माग प्रस्तुत गरी नेकपा माओवादीले सशस्त्र विद्रोहको सुरुवात गर्दा त्यस बेलाका समयको प्रकृतिअनुरूप युद्ध त्यो पनि छापामार शैलीको नअपनाई माओवादीले हासिल गर्न खोजेका उद्देश्यहरू पूर्ति हुनसक्ने सम्भावना कमै थियो ।
तत्कालीन सरकारले सशस्त्र प्रहरी बलको स्थापना गरी सशस्त्र प्रहरी प्रहरी, नेपाल प्रहरी र सेना परिचालन गरी उत्कट विद्रोहको दमन गर्ने नीति लिएको थियो । माओवादीद्वन्द चर्किंदै गएपछि धेरै नेपालीले अकालमा ज्यान गुमाए । द्वन्द्व सकिउन्जेल १७ हजार नेपालीले शहादत प्राप्त गरे, तर आजसम्मपनि नेपाली बौद्धिक वर्गमा द्वन्द्व अनावश्यक रहेको अनाहकमा नागरिकले विस्थापित हुनुपरेको र ज्यान गुमाउनु परेको एवम् माओवादी विद्रोहका कारण राष्ट्रको विकास २० वर्ष पछाडि ढकेलिएको भनी सटही आलोचना गर्ने गर्छन् । यद्यपि आमजनता र गैरराजनीतिक मानिसले बुझ्न नसकेको तथ्य के हो भने आमूल परिर्तनका लागि युद्ध आनिवार्य भइदिन्छ ।
युद्धशास्त्रीहरू युद्धकै कारणमात्र ठूलठूला परिवर्तन सम्भव हुने वकालत गर्छन् । जे भएतापनि वाक स्वतन्त्रता वा उच्च पदरथ व्यक्तिका बारेमा व्यङ्ग्यचित्र कोर्दा तिनका विरुद्ध लेख्दा पनि जेल सजाय भोग्नुपर्ने वास्तविकता हामीले भुल्नु हुँदैन । यही जनक्रान्तिको परिणामस्वरूप नै नेपाली जनताको हरेक तप्का जस्तै विविध जनजाति,महिला, पिछडा वर्ग र समूहमा आफ्नो हकअधिकारको चेतना हृवातै बढेको पाइन्छ । माओवादीको विद्रोहको सबैभन्दा प्रमुख उपलाब्धि भनेको शासन पद्धतिमा परिर्वतन भई नेपालले गणतन्त्रात्मक शासन अँगाल्न पुग्नु र संविधान सभामार्फत नेपाल अधिराज्यको जनताले चाहेको नयाँ संविधान जारी हुनु हो ।
हर्मन हेसले आफ्नो उन्यासमा उजागर गरेअनुसार सिद्धार्थ गौतमलाई उनले चाहेको ज्ञानको खोजीमा उनको अनन्य मित्र गोविन्द (एउटा माझीका छोरा) को विशेष साथ थियो । आजको विखडण्न एवम् विचलनयुक्त सामाजिक परिवेशमा नेपाली राजनीतिका शीर्षथ नेताहरूलाई पनि त्यस्तै विश्वासिलो साथको आवश्यकता देखिन्छ ।
यो एउटा ठूलो अपवाद वा विडम्बनाको कुरो हो कि नेपाली भूमि कपिलवस्तुबाट आजभन्दा २५ सय वर्षअगाडि शाक्यकुलमा क्षत्रीय राजकुमारका रूपमा जन्मिएका सिद्धार्थ गौतमले शान्तिको माध्यमबाट ज्ञानक्रान्तिको सिर्जना गरे । बुद्धकालीन समयमा पनि समाजमा विग्रह थियो । प्रसिद्ध जर्मनी उपन्यासकार हर्मन हेसको उपन्यास सिद्धार्थलाई आधार मान्ने हो भने सिद्धार्थलाई राजपाटको सुखसयलमा रुमलिनु ठीक कि जन्म, जरा, व्याधि एवम् मुत्युको भवसागरबाट विमुक्त भई समग्र मानवजातिको कल्याणका लागि मार्ग प्रशस्त गर्नु सही भन्ने लागेर वन पसेर ठूलो तपस्यामा लीन भए तरपनि चाहिएको ज्ञान प्राप्त गर्न नसकेपछि शरीरलाई कष्ट मात्र दिएर उपलब्घि शून्य हुने रहेछ भन्ने तथ्यको बोध गरी मध्यमार्ग अर्थात् भौतिक शरीरलाई धेरै कष्ट पनि नदिन, तर पूर्ण सुखमा पनि नबस्ने निधो गरी सुजातानामक द्रव्य कन्याले दिएको खीर भोजन गरी वैशाख पूर्णिमाको रातमा ध्यानगोचर हँुदा रात्रिको चौथो प्रहरमा चार आर्य सत्यको पहिचान गरे ।
छुटेको ज्ञानलाई सर्वथा महत्ता दिएर आफूले पाएको ज्ञानलाई आफैँ टाढा–टाढासम्म हिँड्दै गई प्रचारप्रसार गरे । उनको यस जनक्रान्तिले पछि धर्मको स्वरूप लियो, त्यो बेग्लै कुरा हो, तर बुद्धको शान्ति सन्देश आजपर्यन्त विश्वभरि नै अति मननयोग्य र गहकिलो साबित भएको छ । अहिलेकोे समयमा आएर नेपाली समाज दुईवटा चरम बिन्दुबाट गुज्रिरहेको प्रतीत हुन्छ । ती दुई चरमहरू हुन्—विखण्डन र विचलन । माओवादीको जनक्रान्तिबाट प्राप्त उपलब्धिले राज्यसत्तास्वरूप तथा आमजनताको सोच्ने तरिकामा ठूलो परिवर्तन ल्याएको भए तापनि जनयुद्धबाट परास्त भएका पुरातन राजनैतिक शक्ति, दलीय व्यवस्थामा विश्वास गर्ने विभिन्न विचारधारा अँगालेका राजनीतिक पार्टी, माओवादी स्वयम् र जनतामा एउटा मानसिक विचलन आएको प्रष्टै देखिन्छ ।
यस्तो परिस्थितिमा राजनीति गर्ने राजनेताहरूले जनतामाझ विश्वासको संकट नआउने गरी दरो स्वभावको परिपक्व राजनीतिक वातावरण तय गर्नुपर्ने हो, तर नेपाली राजनीतिका खेलाडीहरू सत्तामुखी मात्र भइदिँदा तरलताबाट राजनीति गुज्रिरहेको वर्तमान परिप्रेक्ष्यमा जनक्रान्तिका नायक कमेरड प्रचण्डकै हातमा शासनसत्ताको डोर फेरि आइपरेको छ । पछिल्लो राष्ट्रपति चुनावका समयमा उनले आफ्नो गठबन्धन फेर्नुपरेको अवस्थाले पनि उनको राजनीतिक परिदृश्यमा निकै अप्ठेरो ठाउँमा रहेको देखिन्छ । वास्तवमै जनयुद्धको परिणामतः प्राप्त उपलब्धि जोगाउने हो भने उनले सशक्त र महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने आजको अपरिहार्यता हो । उनले भन्दै आएको आर्थिक क्रान्ति आजको आम नेपालीको प्रमुख आवश्यता हो जसले गर्दा मात्र समग्र राष्ट्रको विकासको परिकल्पना गर्न सकिन्छ ।
हर्मन हेसले आफ्नो उन्यासमा उजागर गरेअनुसार सिद्धार्थ गौतमलाई उनले चाहेको ज्ञानको खोजीमा उनको अनन्य मित्र गोविन्द (एउटा माझीका छोरा) को विशेष साथ थियो । आजको विखडण्न एवम् विचलनयुक्त सामाजिक परिवेशमा नेपाली राजनीतिका शीर्षथ नेताहरूलाई पनि त्यस्तै विश्वासिलो साथको आवश्यकता देखिन्छ । साथसाथै, केवल सत्ताका लागि मात्र राजनीति गरेर गरिब जनतालाई बुद्धकालीन समयको परिब्राजाक (घरपरिवार देश सबै त्यागेर हिँड्ने समूह) बनाउनुका साटोबुद्धले अनुशरण गरेको मध्यमार्गलाई पहिल्याई त्यसको सही सदुपयोग गदै पार्टीगत सिद्धान्तलाई निष्ठापूर्वक पालना गर्ने हो भने यस राष्ट्रमा विकासको परिवर्तन ल्याउन पनि असमभव नहोला । जेहोस्, आजका हाम्रा नेताहरू सिद्धार्थ अर्थात् ‘सिद्ध’ (सावित)+ ‘अर्थ’ (जे खोजिएको हो) बन्न सार्मथ्यवान् होलान् त ?
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच