गुर्भाकोटमा गार्डेन मार्टको शाखा

Read Time = 2 mins

सुर्खेत । शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाले सुर्खेतको गुर्भाकोट ८ मलयकुनामा सहकारीको २७औँ शाखा तथा गार्डेन मार्टको १८औँ शाखा सञ्चालनमा ल्याएको छ । शनिबार गुर्भाकोट नगरपालिकाका प्रमुख हस्त पुन र उपप्रमुख मैना विकले संयुक्तरूपमा शाखा शुभारम्भ गर्नुभएको हो ।

उपभोक्तालाई एउटै छानामुनि सबै किसिमका सामग्री किनमेलको अनुभव दिलाउने र सहजरूपमा वित्तीय सेवा उपलब्ध गराउने उद्देश्यले सहकारी र मार्ट शाखा सञ्चालनमा ल्याइएको सहकारीले जनाएको छ । सो अवसरमा गुर्भाकोट नगरपालिकाका प्रमुख हस्त पुनले सहकारी र मार्ट दुवैकोे सञ्चालनले स्थानीय नागरिकलाई आधुनिक सेवा लिन सजिलो हुने विश्वास व्यक्त गर्नुभयो ।

सहकारीका सुर्खेत प्रमुख चन्दन थापाका अनुसार मार्टमा दैनिक उपभोग्य वस्तु, चामल, चिनी, दाललगायत सबै उमेर समूहका नागरिकलाई हुने लत्ताकपडा, बालबालिकाका लागि खेलौना उपलब्ध छन् । साथै महिला शृंगार सामग्री, फ्रिज, वासिङ मेसिन, आइरन, गिजरलगायतका विद्युतीय उपकरणसमेत रहेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?