– सरिता तुलाधर
वैशाख शुक्ल पूर्णिमालाई उभौली पर्व अर्थात चण्डेश्वरी जात्रा र चण्डी पूर्णिमा र गोरखनाथ जयन्ती पनि भनिन्छ र अर्कोथरी यस दिनलाई महिनाभरि गरिएको स्नान समाप्तिको दिन पनि भन्ने गरेको पाइन्छ । प्रत्येक वर्ष वैशाख पूर्णिमाको दिन बुद्धजयन्ती भावपूर्ण श्रद्धाका साथ मनाउने गरेको छ । भगवान गौतम बुद्धलाई एसियाको तारा भन्ने गरिएको छ । गौतम बुद्धको जन्म नेपालको पश्चिममा पर्ने रुपन्देही जिल्लाको लुम्बिनी उपवनमा इशा पूर्व ५४३ मा राजा शुद्धोधन र मायादेवीको कोखबाट जन्मिएको सिद्धार्थ गौतम हामी नेपालीहरुको महानायक, महापुरुष, सिद्धहस्त हुन् ।
सिद्धार्थ गौतमको अलौकिक कर्म भनेको आफू जन्मिनासाथ ७ पाइला हिँडेको यो उहाँको एक आश्चर्य जनक क्रियाकलाप थियो । इतिहासका कुराले सिद्धार्थ गौतम शाक्य वंशका सुपुत्र थिए । गौतम बुद्धलाई भगवान विष्णुको नवौं अवतार पनि भन्छन् । दुःख छे, दुःखको कारण छ र दुःखको निवारण पनि छ भनेर ज्ञान पाउने एकमात्र पुरुष सिद्धार्थ गौतम हुन् र यही ज्ञानले नै उहाँ आज बुद्ध हुनुभयो । दुःखको मुख्य कारण तृष्णा हो तृष्णालाई त्याग्न सके दुःखको निवारण हुन्छ जसले गर्दा मनमा पनि शान्ति पैदा हुन्छ । दुःख हटाउने बाटो आर्यअष्टांगिक मार्ग हो भनेर सिद्ध गर्नुभएको छ ।
छ वर्षको सन्यास जीवनमा साधुसन्तहरुसित सम्पर्क राखेर यो संसार अनित्य छ दुःखैदुःखले भरिएको छ यो संसारमा नित्य केही छैन भनेर भारतको बोधिगयामा वोधिज्ञान प्राप्त गर्नुभएको थियो । कुनै कुराको स्वभाव थाहा पाउनु नै ‘ज्ञान’ पाउनु हो यसै सिद्धान्तको आधारले नै बुद्धत्व मानिसले प्राप्त गर्न सकिन्छ भन्ने कुरा प्रमाणित गरेर देखाउनुभएको छ । मानिसलाई यस्ता महाज्ञान दिने गौतम बुद्धको जन्मजयन्ती हामी नेपालीले भब्यतासाथ मनाउनै पर्छ । सिद्धार्थ गौतम बुद्धले यस धरतीका मानिसहरुलाई सबैभन्दा काम लाग्ने नयाँ युगको सुरुवात गरी चेतना दिनुभयो । बुद्धको अर्थ कुनै पनि चिजको ज्ञान हासिल गर्नु हो, जाग्नु हो र कसैलाई पथ – प्रदर्शक भएर बाटो देखाउनु नै ज्ञान हो ।
सिद्धार्थ गौतमले ज्ञान पाएको दिन पनि वैशाख शुक्ल पूर्णिमा नै हो र उहाँले समाधि लिएको दिन पनि बैशाख शुक्ल पूर्णिमा नै हो । कुनै पनि कुराको कारण बुझ्नु नै ज्ञान हो । तर, के गर्नु कुनै पनि कुराको प्रतिपल परिवर्तन हुँदै थुप्रै समस्यामा अल्झिदै अल्झिदै वृद्धअवस्थासम्म पुगेर अन्त्यमा मानिसको मृत्यु हुनु नै उसको दुर्भाग्यको कुरा हो ।‘अंहिसा नै शान्ति र मैत्रीको आधारशिला हो’ यस्ता कालजयी सन्देशका वाहक गौतम बुद्ध अमर भएका हुन् ।
मानिसले चाहेको खण्डमा आफ्नो जीवन सुखमय बनाउन सकिन्छ । यो कुरा बुद्ध धर्ममा छ, बुद्धको पञ्चशीलमा छ, बुद्धको वाणीमा छ, बुद्धको शक्तिमा छ । बुद्धले के भनेका छन् भने त्यसको शिरोधार्य गरेर राम्रो बाटोमा लागौँ जसले गर्दा हामी आफैँ स्वयमले सुख पाउनेछौँ ।
नेपालको विभिन्न ठाउँमा बुद्धका प्रतिमा, अस्तिधातु र तस्वीर आदिसहित शोभायात्रा निकालिन्छ । नेपालको कपिलवस्तुमा जन्मिएर बोधगयामा ज्ञान प्राप्त गरेर सारनाथमा शिष्यहरुलाई धर्मदेशना दिने बुद्ध एक युगपुरुष थिए ।
त्रि – संयोग परेको यो पावन अवसर हाम्रा लागि सा¥है नै राम्रो हो जसले गर्दा हामी भाग्यमानी भयौं । हाम्रो नेपालका लागि गौरवको कुरा हो । सिद्धार्थ गौतम नभए तापनि उहाँको ज्ञान उपदेश संसारभर फैलिएको छ । मोहको पीडाबाट जागेका गौतम बुद्धलाई दार्शनिक, बुद्धिजीवी, पथ – प्रदर्शकका मालिक, एक होनहार प्रवर्तक व्यक्ति मानिन्छ । गौतम बुद्धलाई शान्तिका बिउबिजारक पनि भन्ने गरिन्छ तर भगवान गौतम बुद्धले आफूलाई भगवान नभन्नु म मानिस हुँ भनेका थिए रे तैपनि मानिसहरुलाई उहाँको उद्देश्य मन परेकोले उहाँलाई भगवान मानेर आज उहाँको मूर्तिलाई पूजा गर्ने गरिएको छ ।
अर्को कुरा मेरो मूर्तिलाई पूजा गर्ने होइन मेरो सिद्धान्त मनन गर्नु ठीक लागे मेरो बाटो हिँड्नु ठीक नलागे पनि बेसै भनेका थिए तर आज यो संसारमा सबैभन्दा धेरै गौतम बुद्धकै मूर्ति छ । तर मैले भनेको कुरा ठीक छ भनेर पनि मान्ने होइन मेरो कुरालाई मनन गर ठीक भए ठीक ठीक नभए किन कसरी आफैँ पत्ता लगाऊ । म त बाटोमात्र देखाउने हो त्यो बाटो हिँड्ने तिम्रो काम हो ।
आज बौद्ध धर्ममा तीन मुख्य संघ छन् ।
१. थेरवाद २. महायान र ३. बज्रयान । यो धर्म आज विश्वले नै मान्दै आएको छ र लोकप्रिय पनि भएको छ । किन कि यो धर्म मानिसको जीवनलाई नभई नहुने पथ – प्रदर्शक र सान्दर्भिक पनि भइदियो ।
यस लोकको प्रतिपादित सद्दर्म – प्रतित्यसमुत्पाद, चार
नेपालमा थेरवादी बुद्ध धर्मको प्रचार – प्रसार श्रीलंकाबाट भएको हो । भौतिक ज्ञान, वचन आध्यात्मिक सीप आदिको पथ – प्रदर्शक भएर हिँड्नु भएको सिद्धार्थ गौतमबाट बुद्ध हुनु भएको हो । शीलमा रहेर ध्यानद्वारा समाधी लिदै प्रज्ञा उत्पन्न गर्न सकेमा दुःखबाट मुक्त हुने संकेत हो भन्नुहुन्छ गौतम बुद्ध । मनुष्य जीवन अत्यन्तै अमुल्यको जीवन हो । किनकि मानिसले चाहेको खण्डमा आफ्नो जीवन आफैँले सुखमय बनाउन सकिन्छ । हो मानिसको जीवनमा दुःख छ तर मानिसले चाहेको खण्डमा सुखमय बनाउन सक्छ यो बुद्ध धर्ममा छ, बुद्धको पञ्चशीलमा छ, बुद्धको वाणीमा छ, बुद्धको शक्तिमा छ । त्यसैले आजैबाट हामी बुद्ध धर्ममा लागौँ बुद्धले के भनेको छ त्यसको शिरोधार्य गरेर राम्रो बाटोमा लागौँ जसले गर्दा हामी आफैँ स्वयमले सुख पाउनेछौ तर सुख मानिसको अभिष्ट आकांक्षा मात्र हो ।
जसको निवारक हाम्रो देशको महापुरुष गौतम बुद्ध एक पथ – प्रदर्शक हुन् । बौद्ध जागृतिमा आफू जागेर अरुलाई पनि जगाउने प्रवृत्तिलाई नै बुद्ध धर्म भनिन्छ । जसको जागरण नै आफू असल कामले चिनिने र अरुलाई पनि असल कामबाटै चिनाउने प्रतिबद्धता जाहेर गर्नु नै बुद्ध शिक्षा हो बुद्ध ज्ञान हो तर बुद्धको शिक्षा हासिल गर्न एकमग्न चिन्तनको आवश्यकता पर्छ । ध्यानमग्न नभए बुझे जस्तोमात्र हुन्छ तर बुझेको हुँदैन । तर हामी बौद्ध मार्गीहरुले त झनै बुद्धका हरेक कुराहरु बुझ्न आवश्यक छ हुन त हामी नेपाली सबैले बुद्ध धर्मको सत्यतथ्य बुझे झनै राम्रो किन कि बुद्ध नेपालमा जन्मिएको हो नि ।
यसको बारेमा सबै बुझिराखे हामी संसारको जुनै ठाउँ गए तापनि हामीले निर्धक्क भन्न सक्छौँ कि बुद्ध धर्मको उदेश्य के हो, बुद्ध धर्म भनेको के हो, यी कुराको जवाफ हामी राम्रोसँग भन्न सक्छौँ । सिद्धार्थ गौतम एक असल अनुशासित व्यक्ति थिए र आफू १६ वर्षको उमेरमा यसोधरासँग विवाह गरे र एक छोराको बाबु पनि हुनुभयो । छोराको नाउँ राहुल हो । एक दिन शहर घुम्ने चेस्टा राख्नुभयो जस्को दृश्यले वहाँमा परिवर्तन आयो । त्यसको कारण शहरमा बिमारीको दृश्य, मानिस मरेको लास लगेको दृश्यले उहालाई अचम्मको प्रभाव पा¥यो ।
महलमा अवशान भए पनि उहाँलाई त्यो दृश्यले पछ्याउन छाडेन र आफू २९ बर्षको उमेरमा सुखसयलको राजदरबार त्यागेर मानिसको दुखको कारण पत्ता लाउन गृह त्यागेर भारतको वोधगयामा वृक्षमुनि बसेर छ बर्षसम्म अधिष्ठान पुर्वक ध्यानमग्न भए । राजभोगलाई त्यागेर जंगलको वास गर्नु ज्ञान प्राप्त नहुन्जेल त्यो कष्टकर जीवन ब्यतित गर्नु यो सामान्य कुरा थिएन । त्यसपछि ३६ बर्षको उमेरमा सारनाथमा चार आर्य सत्यका विषयमा बुद्धले पहिलो पटक प्रवचन गर्नुभयो । जङ्गलको वास गर्नु कयौं दिन तपस्यामा लिन हुनु के यो सामान्य मानिस बाट सम्भबको कुरा हो र ? मानव भएर पनि भगवानको अंश अवतार हुन सक्ने एक होनहार प्रतिभाशाली राजकुमार आज संसाारको ज्योति हुन पुग्नुभयो ।
यो जगतको हर प्राणीहरुको उदाहरणिय काम भयो । भवसागर बाट मुक्त हुनु नै मानिसको कल्याण हुनु हो । बुद्धको शिक्षाले नै हिंसा र युद्धको वाटो त्याग्न सिकायो । जसबाट अनुयायीहरु थुप्रै जन्मिए र संसार फिजिए । बुद्धले दःुखलाई प्रकृतिसँग जोडिदियो । शान्तिका अग्रदुत महामानव गौतम बुद्धको जन्म जयन्तीको अवसरमा संयुक्त रास्ट्रसंघीय प्रणालीअनुसार सन् २००२ देखि सार्वजनिक विदाको घोषणा भएको छ । जसको फलस्वरुप अंहिसा, अधर्म अनि असत्यबाट मुक्त हुने मानवता जोगाउने दर्शन पाए जो संसारका ब्यक्तिलाइ काम लाग्यो र मानिसमा पनि राम्रो कुराको ज्ञान आयो ।
गौतम बुद्धले छोडेर जानुभएको आर्य अष्टागिंक मार्ग र पञ्चशील मनिसको जीवनालाई अत्यन्तै महत्वपूर्णको सन्देश छ आर्य अष्टागिंक मार्गमा सम्यक दृष्टि, सम्यक सङ्गकल्प, सम्यक वचन, सम्यक कर्म, सम्यक जीविका, सम्यक ब्यायाम, सम्यक स्मृति, सम्यक समाधी पर्दछन् । बुद्धको गाथामा – ‘बुद्धम् शरणम् गच्छामी’ अर्थात बुद्धको शरण जाऔ, ‘धम्मम् शरणम् गच्छामि’ अर्थात धर्मको शरण जाऔँ र ‘सङ्घम् शरणम् गच्छामि’ अर्थात संघको शरण जाऔँ ।
यस संसारमा हरेक प्राणी परिवर्तनको खोजीमा हुन्छन् । मानिसले समय सापेक्षित राम्रो स्थान स्वरुप आफुलाई परिवर्तन गर्न चाहन्छन् त्यो सम्भव कहाँ छ भने गौतम बुद्धको उपदेशमा छ । मानिसको जीवनको संभावनालाई वैज्ञानिक तवरले सञ्चालन गर्न पनि सिकाउने प्रथम वरिष्ठ गुरुवर गौतम बुद्ध नै हुन् यसमा दुई मत हुनै पर्दैन किन कि आज संसारले हाम्रो गौतम बुद्धलाई मानेको छ त यसैबाट पनि प्रमाणित हुन्छ । यो हामीले पाएको अवसर हो यसमा हाम्रो भाग्य चम्केको छ । यो बुद्ध धर्म चौथो धर्म हो । यो धर्म भियतनाम, चीन, भारत, श्रीलंका, बर्मा, थाइल्यान्ड, मंगोलिया, भुटान प्रायजसो सबै देशमा यो धर्म लागू छ ।
बुद्ध शिक्षा र बुद्ध उपदेशको संग्रहलाई त्रिपिटक भन्छ । बुद्धको पञ्चशील
१. प्राणी हिंसा गर्नु हुँदैन
२. चोरी गर्नु हुँदैन
३. झुठो बोल्नु हुँदैन
४. ब्यबिचार गर्नु हुँदैन
५. जाड, रक्सी लागू पदार्थ खानु हुँदैन ।
मानिसले यो नियममात्र लागू गर्ने हो भने मानिसको जीवन सुखसागरमा परिणत हुनजान्छ । खासगरी यो बुद्धको पञ्चशील हरेक विद्यालयहरुमा प्रार्थना गर्दा त्यहाँ रहेका विद्यार्थीहरुले ज्ञान प्राप्त गर्न सक्छ । गरिदिए त एकदम राम्रो हो । शान्तिदूत बुद्धका प्रेरणादायी उपदेश र मार्गदर्शनको परिपालना हामीले हाम्रो जीवनमा गर्न सके सबैसँग सद्भभावपूर्वक मेलमिलाप हुन जान्छ । आफूले आफूलाई चिन्नु, सचेत हुनु आफूले आफूलाई नियन्त्रणमा राख्नु आफ्नो भुललाई आफुले नै स्ीवकार्नु, सबैसँग मित्रता गाँस्नु नै बुद्ध धर्मको मूल उदेश्य हो ।
आफूले आफूलाई चिन्नु भनेको नै आफ्नो मनलाई चिन्नु हो आफ्नो विचारलाइ चिन्नु हो । आफूले राम्रो काम गरिरहेको छु कि छैन त्यो आफैँले केलाउनुलाई नै बुद्ध धर्म भनिन्छ । बौद्ध जागरणको आफ्नै किसिमको विशेषता छ । जसको मूल उदेश्य मान्छे बन्नु हो । जसको अभ्यास एकदम जरुरत छ । संवेदनालाई होसमा राख्नु, चित्तलाई जति सक्दो शुद्ध बनाउँदै लानु नै बुद्ध धर्मको प्रमुख उपदेश हो । यी सब कुराले नै मानिसहरु जागृत हुन्छन् जसको फलस्वरूप मानिसले नै सुख पाउँछन् ।
राग, द्वेष, मोह, काम, क्रोध, लोभबाट मुक्त भएर आफू सुमार्गले जिउने कला बुद्ध धर्ममा भेटिरहेको छ । सन् १३१२ मा नेपालको पश्चिम कर्णालीका राजा रिपु मल्लले लुम्बिनीको भ्रमण गरेर आफ्नो यात्राको स्मरण गर्नको लागि अशोक स्तम्भमा ‘ॐ मणि पद्मे’ लेखेर छोड्नु भएको थियो । भगवान बुद्धको भनाइ यो छ कि – ‘सब्बो पज्जलितो लोको सव्वलोको पकम्पितो’ मानिसको शरीर पनि परमाणुले बनेको र एक क्षणमा दशलाख नील परमाणुहरु बन्दछन् र बिग्रन्छन् पनि यो कुरा अमेरिकाको लस एन्जेलीसका बभर्लो हिल्सस्थित अणु विज्ञान प्रयोग शाखामा डा. पिटर अलवारिसलाई अणु विज्ञान सम्बन्धी आविष्कारले नोबेल पुरस्कार दिएको थियो ।
भगवान गौतम बुद्ध मानवको सार्वभौमिक सत्ता स्थापना गर्ने पहिलो ब्यक्ती हुनुहुन्छ । जसबाट धर्म स्वतन्त्रता, संगठन स्वतन्त्रता, आर्थिक स्वतन्त्रता मानिसको जीवनलाई आवश्यकता भएको कुरा उहाँको सूत्रबाट थाह लाग्छ । बुद्ध भन्नासाथ बोधिप्राप्त वा अन्त्यमा सत्यको साक्षात्कार गरेको महामानव बुझिन्छ । आधुनिक वैज्ञानिक अनुसन्धानको प्रादुर्भाव गर्ने प्रथम व्यक्ति पनि बुद्ध नै हुन् ।
सिद्धार्थ गौतमको बाल्यकालले जन्म दिने आमा मायादेवीलाई गुमाए तापनि महारानी प्रजापति गौतमीले धेरै माया ममताले हुर्काउनु भएको थियो । सिद्धार्थ गौतम सानै उमेरदेखि गम्भीर स्वभावको हुनुहुन्थ्यो र मनुष्य जीवनको खोजतलास गर्न सधैँ तत्पर रहन्थ्यो । मान्छेको जन्म के हो ? किन जन्मिएको ? मान्छे बुढो हुनुको कारण, मान्छेलाई किन कसरी के कारणले रोग लागेको ? र मानिसको अन्त्य मृत्यु के हो ? भन्ने कुरामा जहिले पनि तल्लीनमा हुनुहुन्थ्यो । छोराको यो बैरागीपन देखेर बाबु शुद्धोधन सधैँ चिन्तित देखिनुहुन्थ्यो जसले गर्दा छोरा सिद्धार्थका लागि दरवारभित्रै अनेक किसिमको मनोरञ्जनात्मक साधनहरु राखियो तर पनि सिद्धार्थ ती रसरङ्गले पनि भिज्न सकेनन् ।
उसको यस्तो बिचित्रको स्वभाव देखेर बाबु शुद्धोधनले विभिन्न थरीका ज्योतिष ब्राहृमणहरुलाई भविष्यवाणी गर्न लगाउनुभयो जसमध्ये सबैभन्दा सानो ज्योतिष ब्राहृमण कौण्डिन्यले सिद्धार्थ कुमार गृह त्याग गरी जन्म, जरा, ब्याधी र मृत्युका ज्ञानको खोजीमा उसले राजकीय जीवनबाट महाभिनिष्क्रमण गर्नु भई सन्यास लिनुहुनेछ र जसबाट जीवनको यथार्थ बुझेर बुद्धत्व प्राप्त गर्नुहुनेछ । नभन्दै जे भन्नुभयो कान्छो ज्योतिष ब्राहृमणले त्यही भयो ।
विश्वमा सबैभन्दा धेरै बुद्धकै ज्ञानगुणका पुस्तक प्रकाशन भएका छन् । इटलीका जिसेप्पे टिउचिलेको ‘मुस्ताङको भ्रमण’ (१९६९) पुस्तकले बुद्धलाई अन्तर्राष्ट्रिय क्षेत्रमा मद्धत पुगेको छ । विश्वका अति प्रसिद्ध अक्सफोर्ड, क्याम्बृज, हार्वर्ड यस्ता धेरै ख्यातिका विश्व विद्यालयहरुमा बौद्धदर्शन अध्ययन अध्यापन हुँदै आइरहेका छन् । हाल हाम्रो नेपालमा पनि बौद्ध दर्शनमा स्नातकोत्तर (एमए) को कोर्समा अध्ययन गराउँदै आएको छ । बेला बेला यस्ता विद्यालयहरुले बौद्ध दर्शनको चर्चा, परिचर्चा गर्ने गरेको छ । गत साल बुद्ध जयन्तीको अवसरमा ५ हजार क्षमताको अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन तथा ध्यान केन्द्र बनाइएको छ । बुद्ध धर्ममा मैत्री, करुणा मुदिता र उपेक्षालाई बुझ्न अत्यन्त आवश्यकता छ । बौद्ध धर्म अन्तर्गत पशुबलि एक पाप ठानिएको छ ।
बौद्ध दर्शनका प्राध्यापक शान्तरत्न बज्राचार्य भगवान गौतम बुद्धले ज्ञान प्राप्त गर्नुभएको मुख्य चार सत्य जसमा जन्म, ब्याधी, जरा मरण चार सत्यलाई गौतम बुद्धले ब्याख्या गर्नुभएको भन्नुहुन्छ । गत दुई वर्ष पहिला संसार नै कोरोनाग्रस्त हँुदा पनि बौद्ध धर्मावलम्बीहरुले विहार, चैत्य, गुम्बाहरुमा बौद्ध धर्मगुरुहरु अर्थात थेरवादीको भन्तेहरु पनि बसेर विधि विधान अनुसार पूजा आराधना गरिएको थियो । बुद्ध जयन्तीको अवसरमा संसारभरका बुद्ध विहारमा, गुम्बामा, चैत्यमा, मठ, स्तूप आदिमा भन्तेद्वारा धर्मदेशना गरेर, दीप प्रज्ज्वलन गरेर मनाइन्छ । नेपालको विभिन्न ठाउँमा बुद्धका प्रतिमा, अस्तिधातु र तस्वीर आदिसहित शोभायात्रा निकालिन्छ । नेपालको कपिलवस्तुमा जन्मिएर बोधगयामा ज्ञान प्राप्त गरेर सारनाथमा शिष्यहरुलाई धर्मदेशना दिने बुद्ध एक युगपुरुष थिए ।
प्रत्येक साल विराटनगरको बुद्ध विहारमा ७ दिनसम्म बुद्ध जयन्ती मनाइन्छ । शुरुको दिन रक्तदान कार्यक्रम गरिन्छ दोस्रो तेस्रो दिनमा सधैँ भन्तेद्वारा धर्म देशना गर्ने गरेको छ र प्रत्येक दिन बुद्ध पूजा गर्ने गरेर धर्मदेशना गर्ने गरेको छ र चौथो दिनमा विराटनगरकै विराटेश्वर वृद्धाआश्रममा भोजन दान गर्ने गरेको छ र पाँचौं दिनमा आँखा शिविर बुद्ध बिहारमै गर्ने गरेको छ । आँखा शिविरमा जसको मोतिबिन्दु भएको हुन्छ उहाँहरुलाई विराटनगरको गोल्छा आँखा हस्पिटलमा निशुल्क अप्रेसन गरिदिन्छ । यो कार्य विशेष गरी गरिब वर्गलाइ निशुल्क परीक्षण निशुल्क अप्रेसन गरिदिने गरेको छ र छैटौँ दिनमा कल्पबृक्ष दान स्कुलका केटाकेटीहरुलाई ल्याएर दान दिने गरेको छ ।
कल्पवृक्ष दान भनेको बुद्धले वृक्षमुनि बसेर ज्ञान प्राप्त गरेको हुनाले बृक्षमुनि केही खानेकुराहरु अर्थात केटाकेटीहरुलाई चाहिने कपी बिस्कुट चकलेट पेन्सिल राखिदिइन्छ र त्यो उनीहरुलाई टिप्न लगाएर दिने चलन छ । त्यो पनि भरसक सरकारी विद्यालयका छात्रछात्राहरुलाई दिने चलन छ यो महान् कार्य पनि विराटनगरको बुद्ध विहारमा गर्ने गरेको छ । यो एकदम राम्रो कार्य पनि हो । यो कार्यका लागि चाहिने सामग्री हामी उपासिकाहरुले आफ्नो गच्छेअनुसार लगेर त्यहाँको रुखमा झुण्ड्याउने प्रचलन छ तर अरु मनकारीहरूले लगे पनि हुन्छ । कल्पबृक्ष भनेको चाहिँ आफ्नो मनोकामना पूरा गरिदिने बृक्ष हो ।
विराटनगरको बौद्ध विहारमा र सातौं दिनमा खिर प्रसाद राखेर बुद्धजयन्ती मनाउने गरिएको छ र बुद्धजयन्तीकै दिन बेलुका दीपप्रज्ज्वलन गरेर समापन गर्ने चलन छ । खिर नै हुन्छ प्राय बुद्ध बिहारतिर प्रसाद किनकि गौतम बुद्धले खिर खाएर नै ज्ञान प्राप्त गरेको भन्ने कुरा भएको हुनाले प्राय यस दिन बौद्ध विहारतिर खिर नै प्रसाद हुन्छ । विश्वभरका बौद्ध धर्मावलम्बीहरुका लागि मात्र नभई हरेक मानिसहरुका लागि लुम्बिनी अत्यन्त महत्वपूर्ण ठूलो ज्ञानवर्दक तीर्थस्थल हो । ज्ञानको भण्डार भएको ठाउँ हो, शान्तिको भण्डार हो । हामीलाई शान्ति पनि चाहिन्छ, ज्ञान पनि चाहिन्छ र सुख पनि चाहिन्छ । हामीमा जे छ त्यसमा रमाउनु नै सुख हो । हरेक चिजमा हामीले सुख मान्यौँ भने त्यहाँ शान्ति त्यसै पैदा हुन्छ ।
हामी नेपालीले र नेपाल सरकारले लुम्बिनीलाई जतिसक्दो राम्रो हराभरा बनाउनुपर्छ । देशमा जति पर्यटक भित्य्राउन सक्यो त्यति हामीहरुलाई फाइदा हुन्छ र हाम्रो देशको नाम झन संसाारमा राम्रो तबरले प्रख्यात हुन्छ । ओहो बुद्ध जन्मेको देश नेपालबाट आएको मान्छेहरु उनीहरु त कति शान्त स्वभावका हुन्छन् भनेर हामी नेपालीहरुले मानसम्मान नै अलग्गै किसिमले पाउँछौँ । अर्को कुरा लुम्बिनीका छेउछाउमा रहेको होटलहरुले पनि विदेशीहरुलाई चाहिने जति सहयोग र राम्रो किसिमले स्वागत सम्मान गरेमा उनीहरुले अरु मान्छेहरु ल्याउँछन् । लुम्बिनी त हाम्रो देशको प्राण हो, मुटु हो, गहना हो ।
यसभन्दा गत साल कोरोनाले गर्दा बुद्धजयन्ती मनाउन सकेको थिएनौँ तर पनि भन्ते भिक्षुहरु मात्र भएर पूजाअर्चना त गर्नुभयो । त्यस कारण यस पालि गौरवका साथ मनाउन पाउँने छौँ । यो हर्षको कुरो हो । यो हाम्रो सौभाग्यको कुरा हो । गौतम बुद्ध नेपालमा जन्मनु नै हाम्रो सान हो । लुम्बिनीमा धेरै दिनअघिदेखि बुद्धजयन्ती मनाउने तरखर गरिन्छ । पत्रकार सम्मेलन गरेर कपिलवस्तु र रुपन्देहीमा भव्यताका साथ मनाउने गरेको छ ।
यस दिनको लागि विभिन्न ठाउँबाट भन्तेहरु पनि जानुहुन्छ । नेपाल सरकारले नेपालको सबै ठाउँका विहार, चैत्य, गुम्बा, स्तुपहरुको राम्रो तबरले संरक्षण गरिदिनुपर्छ यो हाम्रो सम्पत्ति हो । यसको संरक्षण गर्ने दायित्व सरकारमा हुनुपर्छ । संसारले मानेको बुद्धलाई झन हामी नेपालीहरुले किन नमान्ने ? नेपालका धेरै ठाउँमा बुद्ध विहारहरू छन् ।
बुझौँ हामीले बुद्धको ज्ञानलाई, मानौँ हामीले बुद्ध धर्मलाई ।
बुद्धको शरणमा जाऔँ
धर्मको शरणमा जाऔँ
संघको शरणमा जाऔँ
जाऔँ हामी त्रि–शरण
‘भवतु सब्ब मङ्गल’
विराटनगर–९
tuladharsaritaa@gmail.com
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच