![रुमले भिरको तामाखानी एक शताब्दीदेखि अलपत्र](https://ehimalayatimes.com/wp-content/uploads/2024/05/Tama-Khani-Rumle-Vir.jpg)
काठमाडौं । नेपाली नाटक ‘गुलाफ’ नर्वेको राजधानी ओस्लोमा मञ्चन हुने भएको छ । अंग्रेजीमा ‘द रोजः एन अवेकनिङ जर्नी अफ यशोधरा’ नाम दिइएको नाटक ओस्लोको थिएटर मनुमा आजदेखि तीन दिन नियमित मञ्चन हुन लागेको हो ।
रामहरि ढकालको परिकल्पना, डिजाइन र निर्देशन रहेको नाटक मञ्चनका लागि नेपाली कलाकारको टोली ओस्लो पुगिसकेको छ । टोलीका कलाकारहरू दिया मास्के, सरित साह, देव न्यौपाने, केदार श्रेष्ठ र उमेश तामाङ नर्वे पुग्नुभएको हो ।
नर्वे सरकारको कला र संस्कृतिसम्बन्धी संस्था ‘आर्ट एण्ड कल्चर नर्वे’को सहयोगमा तथा नोर्दिक कल्चर फण्ड र फुक नो नर्वेको साथमा नाटक ‘द रोज’को मञ्चन हुन लागेको हो । यो नाटक थिएटरको ‘फिजिकल थिएटर’ विधामा रहेर तयार पारिएको छ । जसमा संवाद छैन तर दृश्यहरूले कथा बोल्नेछ ।
सिद्धार्थ गौतमले आफ्ना प्रश्नहरूको उत्तरको खोजीमा नवजात शिशु राहुल, श्रीमती यशोधरा र राज्य त्याग गरेर गएपछि यशोधरामा परेको मानसिक उतारचढावलाई ‘गुलाफ’ले आफ्नो विषय बनाएको निर्माण पक्षले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच