लुम्बिनी प्रदेशका दुई मन्त्री बर्खास्त

विवेक खड्का दाङ, संवाददाता
Read Time = 2 mins

काठमाडाैं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले दुई मन्त्रीलाई बर्खास्त गर्नुभएको छ ।

नेकपा (माओवादी केन्द्र) बाट अर्थ मन्त्री धनबहादुर मास्की र सहरी विकास मन्त्री कृष्णा केसी (नमुना) लाई मुख्यमन्त्री चौधरीले आज बर्खास्त गर्नुभएको मुख्यमन्त्रीका प्रेस संयोजक गोपाल शर्मा भट्टराइले जानकारी दिनुभयो । चौधरी राष्ट्रिय प्रजातन्त्र पार्टीबाहेक अन्य सबै ८ दलको समर्थनमा मुख्यमन्त्री बन्नुभएको थियो ।

चौधरीलाई त्यतिखेर माओवादी केन्द्र, जसपा, लोसपा, नागरिक उन्मुक्ति, जनमत, राजमो, एकीकृत समाजवादीलगायतको विश्वासको मत दिएका थिए ।

७ सदस्यीय लुम्बिनी प्रदेश सभामा बहुमतका लागि ४४ सांसदको साथ चाहिन्छ । लुम्बिनीमा एमालेका २९, कांग्रेसका २७, माओवादीका ११, राप्रपाका र नागरिक उन्मुक्ति र जनमतका ४-४, जनता समाजवादी र लोकतान्त्रिक समाजवादीका ३-३ , राष्ट्रिय जनमोर्चा र नेकपा एकीकृत समाजवादीका १-१ र स्वतन्त्रबाट १ सांसद छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?