माधव नेपाललाई राष्ट्रपतिको उम्मेदवार बनाउने तीन दलको निर्णय

फाईल तस्बिर

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । सिंहदरबारमा बसेको तीन दलको बैठकले माधव नेपाललाई राष्ट्रपतिको उम्मेदवार चयन गरेको छ ।

बिहीबार राष्ट्रपति निर्वाचनबारे सिंहदरबारमा बसेको नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको बैठकले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई राष्ट्रपतिको उम्मेदवार चयन गरेको हो ।

स्रोतका अनुसार माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपतिको उम्मेदवारबारे अन्तिम निर्णय गर्न आज (शुक्रबार) नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग संवाद गर्दै हुनुहुन्छ ।

यस्तै उहाँले नेपाली कांग्रसका सभापति शेरबहादुर देउवासँग पनि आज बिहान छलफल गर्दै हुनुहुन्छ । तीन दलीय बैठक पनि शुक्रबार फेरि बस्ने बताइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?