काठमाडौं । छायांकनमा आफ्नै पहिचान बनाउन सफल नाम हो रोशन श्रेष्ठ । उहाँले दर्जनौं म्युजिक भिडियो, सयौं बृत्तचित्र र रियालिटी शोहरूमा आफ्नो क्यामराको एंगल घुमाउनुभएको छ । श्रेष्ठले ‘द भोईस अफ नेपाल, हिमालय रोडिज, कमेडी च्याम्पियन, को बन्छ करोडपति, ऐना, मुन्द्रेको कमेडि क्लब, द पोइट आइडल, कमेडी क्लब विथ च्याम्पियन’लगायत दर्जनभन्दा बढी टेलिभिजन रियालिटी शो मा कुशल कार्य सम्पादन गर्नुभएको छ ।
खासगरी नेपालमा हुने अन्तर्राष्ट्रिय स्तरको क्रिकेटलगायत विभिन्न खेलमा खेलाडीसँगै ग्राउण्डको वरिपरि गिम्बल क्यामरा बोकेर कुदिरहेको देखिनुहुने श्रेष्ठ ठूला रियालिटी शो का निर्देशकहरूको पहिलो रोजाइमा पर्नुको कारण आफ्ना कामप्रति उहाँको लगनशीलता र इमानदारी हो ।
सयौं इभेन्ट र डकुमेन्ट्री खिच्नुभएका उहाँले धेरै काम देशी, विदेशी संघसंस्थामा जोडिएर गर्नुभएको छ । भिडियोमात्रै नभई स्टील फोटोग्राफीमा पनि दख्खल राख्ने श्रेष्ठ पछिल्लो समय पर्दा पछाडिका व्यास्त क्यामरा म्यान हुनुहुन्छ । रियालिटो शोका ठूला निर्देशक अमनप्रताब अधिकारी, लक्ष्मण पौडेल, विशाल भण्डारी र योपेश प्रधानसँग कामगरी राम्रो अनुभव संग्लानुभएका उहाँले आफ्नो आईडल भने प्रमोद कार्की र शिवराम श्रेष्ठलाई मान्नुहुन्छ । आफ्नो क्यामेराको पहिलो गुरु भने रत्न कार्कीरहेको उहाँ सुनाउनुहुन्छ ।
‘नेपहोपको श्रीपेज लोक स्टार, डान्स च्याम्पियन, ब्याण्ड च्याम्पियन’ जस्ता नेपाली रियालिटी शोहरूमा पनि सहकार्य गर्दै आएको बताउने श्रेष्ठ ‘खेलकुद र कला क्षेत्रप्रति लगाव भएकाले यसैक्षेत्रमा निरन्तर रहेको बताउनुहुन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच