
काठमाडौं । प्रभु बैंकका ग्राहक तथा कर्मचारीलाई विराटनगर-७ स्थित भास्कर आई केयर एण्ड ग्लौकोमा सेन्टरले अन्तरंग तथा बहिरंग सेवामा ओपिडी, शल्यक्रिया, पावर चस्मा, औषधि खर्च तथा अन्य सेवामा विशेष छुट प्रदान गर्न दुई पक्षीय सम्झौता भएको छ ।
एक समारोहबीच भास्कर आई केयर एण्ड ग्लौकोमा सेन्टरका सञ्चालन निर्देशक भास्करकुमार झा र प्रभु बैंकका कोशी प्रदेश प्रमुख व्यापार केन्द्र अधिकृत बद्रीकुमार कटवालले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो ।
छुट सुविधा प्राप्त गर्न ग्राहकले प्रभु बैंकको मान्य डेबिट कार्ड, क्रेडिट कार्ड तथा प्रिभलेज कार्डमध्ये कुनै एक भास्कर आई केयर एण्ड ग्लौकोमा सेन्टरमा पेश गर्नुपर्नेछ । नेपालको निजी क्षेत्रबाट सञ्चालित स्वास्थ्य सेवा प्रदायक भास्कर आई केयर एण्ड ग्लौकोमा सेन्टरले निरन्तर स्तरीय आँखासम्बन्धी स्वास्थ्य उपचार सेवा प्रदान गर्दै आएकोे छ ।
स्वास्थ्यप्रति जागरुक नागरिकका लागि भास्कर आई केयर एण्ड ग्लौकोमा सेन्टरमा परामर्श तथा उपचार सेवामा १० प्रतिशतदेखि १५ प्रतिशतसम्मको छुट व्यवस्था रहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच