
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलको सञ्चालकमा इला शर्मा नियुक्त हुनुभएको छ । शर्मालाई अध्यक्ष प्रबलजंग पाण्डेले पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको छ । कानुनमा विशेष अनुभव संगाल्नुभएकी शर्मा पूर्वनिर्वाचन आयुक्त हुनुहुन्छ ।
उहाँले त्रिभुवन विश्वविद्यालयबाट पब्लिक इन्टरनेसनल ल एण्ड हृयुमन राइट्समा एलएलएम गर्नुभएको छ । साथै युनिभर्सिटी अफ हल युकेबाट पनि इन्टरनेसनल बिजनेस ल, इन्टरनेसनल ट्रेड एण्ड डेभलपमेन्टमा एलएलएम गर्नुभएको छ ।
शर्मासँग अन्तर्राष्ट्रिय व्यापार, कानुन, जनसम्पर्क, शिक्षा र विकासलगायत क्षेत्रमा साढे तीन दशक काम गरेको अनुभव छ । निर्वाचनसम्बन्धी कानुन, नियमावली र निर्देशनमा संलग्न उहाँ उच्चस्तरीय कानुनी मस्यौदा तथा राजनीतिक सम्बन्ध समितिको अध्यक्षसमेत रहिसक्नुभएको छ ।
काठमाडौं विश्वविद्यालयलगायत विदेशी विश्वविद्यालयको पाठ्यक्रम विकास र अध्यापनमा समेत महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका शर्माले फुड फस्र्ट इन्फर्मेसन एक्सन नेटवर्क(फियान) नेपालको कार्यकारी समितिमा संस्थापक उपाध्यक्ष र साउथ एसियन वुमन इन मिडिया(साओम)को कार्यकारी समितिका साथै साउथ एसिया वाच अन ट्रेड, इकोनमिक्स एण्ड इनभारोमेन्टको कार्यकारी समितिको बोर्डमा पनि काम गरिसक्नुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच