![अत्यधिक गर्मीका कारण वीरगञ्जका विद्यालय तीन दिन बन्द](https://ehimalayatimes.com/wp-content/uploads/2023/01/school.jpeg)
काठमाडौं । सरकारले ओलम्पिक, एसियाली र दक्षिण एसियाली खेलकुद प्रतियोगितामा पदक प्राप्त गर्ने २५५ खेलाडीलाई आजीवन मासिक जीवन वृत्तिको व्यवस्था गर्ने भएको छ ।
अर्थमन्त्री वर्षमान पुनले प्रतिनिधिसभामा आइतबार पेश गरेको आर्थिक सर्वेक्षणमा खेलाडीलाई आजीवन मासिक भत्ताको व्यवस्था गरिएको बताउनुभएको हो । उहाँले खेलाडीको क्षमता अभिवृद्धिका लागि मनाङको तिमाङमा हाई अल्टिच्युट ट्रेनिङ सेन्टर निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन तयार भएको पनि बताउनुभयो ।
त्यस्तै, प्रत्येक प्रदेशमा एक रंगशाला निर्माण गर्ने कार्यक्रमअनुरूप धनगढी, सुर्खेत, नेपालगञ्ज र इटहरीमा खेलमैदान निर्माण कार्य सम्पन्न भइसकेको आर्थिक सर्वेक्षणमा उल्लेख गरिएको छ । अर्थमन्त्री पुनले एक स्थानीय तह एक खेलग्राम निर्माणका लागि १७१ पालिकामा खेल निर्माण कार्य भइरहेको जानकारी दिनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच