यार्सागुम्बा टिप्न गएकी युवतीको मृत्यु

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 1 min

त्रिवेणी (रुकुम पश्चिम) । यार्सागुम्बा टिप्न डोल्पा गएकी रुकुम पश्चिमको आठविसकोट नगरपालिका-४ गोतामकोटकी जमुना विष्टको सोमबार लेक लागेर मृत्यु भएको छ ।

डोल्पाको काईके गाउँपालिकाको लैनीमाथिको डाँडामा पुगेपछि २२ वर्षीया विष्टको मृत्यु भएको वडाध्यक्ष नरसिंह विष्टले जानकारी दिनुभयो । उहाँका अनुसार यार्सागुम्बा टिप्नका लागि डोल्पाको नाउँरेमा पुगेपछि उनी लेक लागेर बिरामी परेकी थिइन् ।

“बाटोमा बिरामी भएपछि यार्सा टिप्न सँगै गएका बहिनी र भिनाजुसँग घर फकिर्दै गर्दा उनकाे मृत्यु भएको हो”, वडाध्यक्ष विष्टले भन्नुभयो, “शसस्त्र प्रहरी बलको सहयोगमा गत राति शव डोल्पा जिल्ला अस्पताल दुनैमा ल्याइएको थियो ।” अहिले अस्पतालमा पोष्टमार्टम गर्ने तयारी भइरहेको जानकारी दिँदै पोष्टर्माटम पश्चात् शव गोतामकोटमा ल्याइने उहाँले बताउनुभयो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
1 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?

JUST IN
नाइमा एक्स्पोमा एथरको नयाँ ४५० एक्स ओभरटोन्स सार्वजनिक भक्तपुरमा जलाइयो गँठेमङ्गलको पुत्ला सुनसरी घटनाको निष्पक्ष छानबिन गर्न न्यायिक आयोग गठन गर्न कांग्रेसको माग पाटनमा मिप्वाः लाखे नाच सुरु, पाँच दिनसम्म प्रदर्शन हुने [तस्वीरहरु] ब्रोड पिक हिमपहिरोमा ज्यान गुमाएका थप तीन नेपाली आरोहीको शव नेपाल ल्याइयो… एमाले–नेकपाबीच प्रदेश सरकारको भागबण्डाको आधार तय, मुख्यमन्त्री नलिनेले पहिले मन्त्रालय रोज्ने कांग्रेसको विवाद सैद्धान्तिकभन्दा नेताको व्यक्तिगत चरित्रमा केन्द्रित भयो : भावुक न्यौपाने एनसेलको शेयर खरिद–बिक्री छानबिन प्रतिवेदन सार्वजनिक गर्दै सरकार ‘सर्वोच्चमा दायर मुद्दा फिर्ता लिएर संवादबाट कांग्रेसको समस्या समाधान गरौँ’ : ध्रुव… खनिज सम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउनुपर्छः उपनेता अर्याल