
मुगु । जिल्लास्थित छायानाथ रारा नगरपालिकामा नदिजन्य वस्तु उत्खनन रोक लगाइदा निमाण कार्यहरु प्रभावित भएका छन ।
स्थानिय सरकारले वातावणीय प्रभाव अध्ययन प्रतिवेदन तयार गरि (आइईई) गरि ठेक्का लगाइ नदिजन्य बस्तु उत्खनन् तथा विक्री वितरण गर्नु पर्नेमा यसो नगरी गैरकानुनी तरिकाले उत्खनन् तथा विक्री वितरण गरि नदि दोहन गरिएकाले स्थानिय प्रशासनले उत्खनन्, खरिद र विक्रीमा रोक लगाएको हो ।
ढुङ्गा,गिट्टि,वालुवा,उत्खनन, विक्री तथा व्यवस्थापन सम्वन्धी मापदण्ड २०७९ अनुसार स्थानिय गाउपालिका वा नगरपालिकाले आफ्ना कार्यक्षेत्र भित्र खोला,नदिहरुमा नदिजन्य पदार्थ उत्खनन् गर्न वातावणिय प्रभाव अध्ययन गरि प्रतिवेदन तयार पारेर प्रतिवेदनमा उल्लेखित परिमाण र तोकिएको क्षेत्रमा मात्र नदिजन्य पदार्थ उत्खनन् गर्नु पर्छ ।
लामो समय भैसक्दा पनि छायानाथ रारा नगरपालिका क्षेत्रमा अवैध रुपमा नदिजन्य पदार्थ उत्खनन् गरि विकि,वितरण गरि रहेको र जथाभावी नदिजन्य पदार्थ दोहन हुदा सडक,पुल र नदि आसपासको जमिनमा जोखिम बढ्न थालेपछि स्थानिय प्रशासनले अवैध नदिजन्य पदार्थ दोहन रोक्न गिट्टि, वालुवा, ढुङ्गा उत्खनन रोकेको प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीले बताउनु भयो ।
मापदण्ड २०७९ अनुसार स्थानिय सरकारहरुले तयार पारेको वातावणिय प्रभाव मुल्यांकन प्रतिवेदनको अवधि ३ वर्षको हुन्छ ।
छायानाथ रारा नगरपालिकाले २०७६ सालमा आइ ईई गरेर ठेक्का माफत नदिजन्य वस्तुको उत्खनन,खरिद र विक्री गर्दै आएपनी प्रतिवेदनको अवधी सकिएको २ वर्ष वितिसक्दा पनि नगरपालिकाले आइ ईई नगरी अवैध रुपमा खरिद,ढुवानी गर्दै आएकाहरुबाट शुल्क भने उठाउदै आएको थियो ।
शनिवारबाट स्थानिय प्रशासनले नदिजन्य वस्तुहरु गिट्टि,बालुवा,ढुङ्गा उत्खनन्,खरिद,विक्री र ढुवानीमा रोक लगाएपछि गमगढी बजारमा निर्माणाधिन व्यक्तिगत घरहरु र नगर क्षेत्र भित्रमा सन्चालनमा रहेका,सम्झौता भएका नगरपालिका,प्रदेश सरकार र संघिय सरकारका योजनाहरु प्रभावित भएका छन् ।
नगरपालिकाले ठेक्का खोलेर निर्माणको जिम्मा लिएका आँखा अस्पताल मुगुको भवन निर्माण कम्पनि अभिनास निर्माण सेवाका प्रोपराइटर सन्तोष कुमार मल्ल भन्नुहुन्छ आथिक वर्षको अन्तिममा विना सुचना गिट्टी,बालुवा,ढुङ्गा बन्द गरिदा अब हामिले निर्माणको काम कसरी गर्ने ? यसको जिम्मा कस्ले लिने नगरपालिकाले लिने कि प्रहरी कार्यालयले लिने कि प्रशासनले भन्ने छ।
रारा बहुमुखी क्याम्पसको ४ कोठे भवन निर्माणको जिम्मा लिएको सुरेन्द्र निर्माण सेवाका सन्चालन सुरेन्द्र रावल बाधा अड्काउ कसरी फुकाउने त्यो नगरपालिकाले जिम्मा लिनु पर्ने र समय मै काम नसकिए आफुहरु जिम्मेवार नहुने पनि उहाँले बताउनु भयो ।
नगर क्षेत्रका झुगेला,अल्कासाघु,भैसिकुना,घट्ट,बालै भन्ने स्थानहरुबाट बालुवा,गिट्टि र ढुङ्गा उत्खनन् तथा विक्री हुँदै आएको छ । मुगु कर्णाली र गमगाढ खोला नदिजन्य वस्तुका प्रमुख स्रोत हुन् ।
आथिक वर्ष सकिन एक महिना मात्र बाकी रहेका बेला विना सुचना नदि जन्य वस्तु, पदार्थ रोकिँदा निर्माण कम्पनी,उपभोक्ता समितिहरु विकास निर्माणका काम कसरी गर्ने भनेर चिन्तित बनेका छन । उनिहरु भन्छन् : 'काम गरौँ भोतिक संरचना बनाउने ढुङ्गा ,गिट्टि, बालुवा कहाँबाट ल्याउने काम नगरौँ असार २५ सम्म निर्माण म्याद छ बजेट फिंज जान्छ ।'
कानुन विपरित विना आइ ईई नदिजन्य पदार्थ उत्खनन,विक्री तथा ढुवानी भएको स्थानिय प्रशासनबाट जानकारी भएपछि नेपाल प्रहरीले कानुन सम्वत सरोकारवाला निकायहरु संचालित होस् भनेर अवैध उत्खनन,खतिद,ढुवानी र विक्रीमा निगरानी बढाएको जिल्ला प्रहरी कार्यालयका मुगुका प्रहरी नायव उपरिक्षक विरेन्द्र थापाले बताउनु भयो ।
यता छायानाथ रारा नगरपालिका प्रमुख विष्णुकुमार भाम नगरपालिकाले आइ ईइ गर्नको लागि प्रकृया अघि बढाइ रहेको र आथिक वर्षको अन्त्य आइ ईइ नबने कै कारण नदिजन्य बस्तुमा स्थानिय प्रशासनले रोक लगाउँदा विकास निर्माणका काम ठप्प भै धेरै बजेट फिंज जाने भएकाले नगरपालिका,स्थानिय प्रशासन र जिल्ला समन्वय समितिको समन्वयात्मक बैठक बसि छिट्टै बाधा अड्चन फुकाउन कानुन सम्भत हुने उपाय निकालिने बताउनु हुन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच