
सर्लाही । नेपाली काँग्रेसका सर्लाही जिल्ला सभापति सुरेन्द्र प्रसाद सिंहलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी बर्खास्त गर्न माग गरिएको छ ।
सर्लाहीको मनुष्मारा सिंचाइ आयोजना प्रथम चरणको जल उपभोक्ता समितिको अध्यक्ष रहेको बखत सो आयोजनामा आर्थिक अनियमितता गरेको र उक्त कसुरमा सर्वोच्च अदालत काठमाडौबाट कसुर प्रमाणितसमेत भइसकेको भन्दै बर्खास्तीको माग गरिएको छ ।
राजनीतिक दल सम्बन्धि ऐन २ परिच्छेद– ३ को (ख) विपरित तथा नेपाली काँग्रेसको संशोधित विधान २०७५ को परिच्छेद २ को दफा १३ अनुसार नैतिक पतन देखिने फौजदारी कसुरमा दोषी ठहर भएमा पार्टीको साधारण सदस्यसमेत रहन नपाउने व्यवस्था छ । र सोही अनुसार सभापति सिंहलाई पदबाट बर्खास्त गर्न माग गरिएको काँग्रेस सर्लाहीका क्षेत्रीय सभापति कौशल किशोर रायले बताउनु भयो ।
सर्वोच्च अदालत काठमाडौले २०८० साल फाल्गुन १५ गते नै भ्रष्टाचार मुद्दामा दोषी ठहर गरिसकेकोले निजलाई अविलम्ब पदबाट बर्खास्त गरिनुपर्ने क्षेत्रीय सभापति रायले बताउनु भयो । उक्त माग लिएर सर्लाहीबाट उपसभापति नवीन प्रसाद अधिकारी र सर्लाही क्षेत्र न–१ का सभापति हरिबहादुर लुंगेली पार्टीका केन्द्रीय सभापति शेरबहादुर देउवा समक्ष सानेपा(ललितपुर) स्थित पार्टीको केन्द्रीय कार्यालय पुगिसक्नुभएको छ ।
सर्लाही सभापति सिंहले सर्लाहीमा सिसौ काटेर भारतमा तस्करी गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको थियो।
विशेष अदालतले दोषी ठहर गर्दै साढे ३ वर्ष कैद र साढे ३ करोड जरिवानाको फैसला सुनाएपछि सिंह पुनरावेदनका लागि सर्वोच्च पुग्नुभएको थियो । तर सर्वोच्चले सिंहको पुनरावेदनमा दाबी नपुग्ने भन्दै पहिलाको निर्णयमा केही उल्टि गरि दोषी ठहर गरेको थियो ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार रेग्मी र महेश शर्मा पौडेलको संयुक्त इजलासले सिंहलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर हुने फैसला गरेको थियो । विशेषमा मुद्दा दायर हुनुभन्दा अगाडि सिंह ६ महिना अख्तियारको हिरासतमा समेत बस्नुभएको थियो । सिंह नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र नेतृ आरजु देउवा निकट मानिनुहुन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच