रुपन्देही । लुम्बिनी प्रदेशका चारअस्पतालका मेडिकल सुपरिटेन्डेन्ट परिवर्तन भएका छन् । प्रदेश मन्त्री परिषद् बैठकले प्रदेश सरकार मातहतमा रहेका अस्पतालहरुको प्रमुखहरुको सरुवा गरेको हो ।
स्वास्थ्य मन्त्री दिपेन्द्र पुनका अनुसार गुल्मी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट किशोर बञ्जाडेलाई कपिलवस्तु अस्पतालमा सरुवा गरिएको छ ।
भीम अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.मोहमद नुरुल होदालाई पृथ्वीचन्द्र अस्पताल परासी र डा.सकुन्तला गुप्ता लुम्बिनी प्रादेशीक अस्पतालबाट भिम अस्पतालमा मेडिकल सुपरिटेन्डेन्टको रुपमा सरुवा गरिएको स्वास्थ्य मन्त्री पुनले जानकारी दिनुभयो ।
यस्तै लुम्बिनी प्रादेशिक अस्पतालको मेडिकल सुपरिटेन्डेन्टको रुपमा डा.इन्द्र ढकाललाई बनाउने निर्णय भएको छ । विगत लामो समयदेखि गुल्मीमा मेसु खालिरहेको थियो भने अब पनि मेसु कुनैलाई जिम्मेबारी दिएको छैन ।
यस्तै प्रदेश मन्त्रीपरिषद् बैठकले योजना आयोगको उपाध्यक्षमा सरोज खनाललाई नियुक्त गर्ने निणर्य गरेको छ । बाणगंगा नगरपालिका–८, कपिलवस्तु निवासी खनाल शिक्षा, स्वास्थ्य र सहकारी क्षेत्रमा लामो समय काम गरेको अनुभव बटुलेका व्यक्ति हुनु हो ।
अघिल्लो सरकारको पालामा नियुक्त भएका प्रदेश योजना आयोगका उपाध्यक्ष डा.नहकुल केसीले राजीनामा दिएपछि प्रदेश योजना अयाोग पदाधिकारी विहिन भएको थियो । मुख्यमन्त्री महराले आफ्नो सचिवालयमा दुई जना विज्ञलाई नियुक्त समेत गरेका छन् । पूर्वाधार विज्ञको रूपमा पवन बराल र अर्थ तथा विकास विज्ञको रुपमा सुुशान्त बैद्दिकलाई नियुक्त गर्नभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच