सुर्खेत । सुर्खेत र सल्यानका ३८.९ प्रतिशत नागरिक कान कम सुन्ने समस्याले पीडित छन् । सुर्खेत र सल्यानका पाँच वर्ष भन्दा माथिको उमेर समूहका ३८.९ प्रतिशत मानिसहरुमा कान कम सुन्ने समस्या देखिएको हो ।
अनुसन्धान अनुसार कर्णालीमा सुगम मानिने सुर्खेत र सल्यान जिल्लामै श्रवण शक्ति कमजोर भएका मानिसको अवस्था भयाभह छ भने अन्य दुर्गम जिल्लाका नागरिक झनै पीडामा छन् भन्ने पृष्टि गर्दछ । नेपालमै पहिलो पटक कर्णाली प्रदेशका सुर्खेत र सल्यानमा गरिएको श्रवण क्षमता ह्रासको व्यापकता र कारणहरुको अध्ययन (२०२४) ले यहाँका नागरिकहरुको श्रवण क्षमताको अवस्था पत्ता लागेको हो ।
जर्मन सहयोगमा सिबिएम नेपालले गरेको यस अनुसन्धानले सर्खेत र सल्यानका अधिकांश मानिसहरुमा विभिन्न कारणले श्रवण क्षमता ह्रास हुदै गएको देखाउँछ । नेपाल नेत्र ज्योती संघ एकिकृत आँखा, कान स्वास्थ्य कार्यक्रम कर्णाली प्रदेशको आयोजनामा विहिबार श्रवण क्षमता ह्रासको व्यापकता र कारणहरुको अध्ययन नतिजा सार्वजनिक गरिएको हो ।
उक्त नतिजा अनुसार सुर्खेत र सल्यानका गरी दुई हजार एक सय ४८ व्यक्ति अनुसन्धानको क्रममा सहभागी भएका थिए । जसमा ४१.२ प्रतिशत पुरुष र ५८.८ प्रतिशत महिला सहभागी थिए । कुल सहभागीमध्ये एक हजार नौ सय ४६ जना व्यक्ति पाँच वर्षभन्दा माथिका रहेका छन् ।
अनुसन्धानको क्रममा सुर्खेतका जम्मा सहभागी ७१.८ प्रतिशत व्यक्तिमध्ये ३९.८ प्रतिशत व्यक्तिमा श्रवण कमजोरी देखिएको छ । त्यस्तै सल्यानका जम्मा सहभागी २८.२ प्रतिशत व्यक्तिमध्ये ३६.६ प्रतिशतमा श्रवण कमजोरी रहेको पत्ता लागेको छ ।
मुख्य अनुसन्धानकर्ता डा. ऋषि भट्टका अनुसार सात वटा श्रेणीहरुको आधारमा श्रवण क्षमता पत्ता लगाईएको थियो । उनका अनुसार श्रवण क्षमताको श्रेणीका आधारमा १९.६ प्रतिशत मानिसमा हल्का श्रवण कमजोरी देखिएको थियो । जसमा सुर्खेतका १९.१ र सल्यानका २०.९ प्रतिशत नागरिक रहेका छन् ।
यस्तै मध्ययम श्रवण क्षमता भएका १० प्रतिशतमा मानिसमा सुर्खेतका १०.८ र सल्यानका ८ प्रतिशत नागरिक रहेका छन् । गम्भिर मध्ययममा सुर्खेतका ४.२ र सल्यानका ४.३ प्रतिशत नागरिक, अत्यन्त गम्भिरमा सुर्खेत ०.६ र सल्यान ०.२ प्रतिशत, सुन्नै नसक्नेमा सुर्खेत ०.२ र सल्यान ०.२ प्रतिशत र एक कानबाट मात्र सुन्नेमा सुर्खेतका २.५ र सल्यानका २.१ प्रतिशत नागरिक रहेका छन् ।
उमेर अनुसारको श्रवण कमजोरी हुने सुर्खेतमा ५ देखि १४ वर्षका ११.३ प्रतिशत बालबालिका रहेका छन् । भने सल्यानमा ६.७ प्रतिशत बालबालिका छन् । यस्तै सुर्खेतमा १५ देखि ४४ वर्षका २४.४ र सल्यानमा २१.२ प्रतिशत मानिसमा श्रवण कमजोरी देखिएको छ ।
डाक्टर ऋषि भट्टका अनुसार सुर्खेतमा ४५ देखि ६० वर्ष उमेरका ६३.५ र सल्यानमा ५८.५ प्रतिशत मानिसमा श्रवण कमजोरी रहेको पत्ता लागेको छ । त्यस्तै सुर्खेतमा ६० वर्षमाथिका ९३.२ र सल्यानमा ९४.४ प्रतिशत मानिसमा श्रवण कमजोरी पत्ता लागेको हो ।
अनुसन्धानको क्रममा कानको नली सुन्निएको, बाहिरी कानको संक्रमण, कानको हड्डी खिइने रोग, घोचेर वा कुनै घटनाबाट कानमा असर, कानभित्र बाहिरी वस्तुहरु छिरेको, बाहिरी कानको बनोट राम्रो नभएको, फन्गल इन्फेक्सन, कानको बाहिरी र भित्रि भागका पिप बग्ने, मध्य कानको संक्रमण, कानको जालीमा प्वाल, कानेगुजी टासिको अवस्था, कान र नाक जोड्ने नलिमा समस्या र कानभित्रको हावाको चापमा गडबडी समस्या भएका व्यक्तिहरु भेटिएका भिए ।
कर्णालीबाट कान स्वास्थ्य कार्यक्रम सुरु
हाल विश्वमा करिब डेढ अर्ब मानिस कान कम सुन्ने पीडामा छन् । कर्णालीमा मात्रै एक सय व्यक्तिमा करिब २० जनाले कम कान सुन्छन् । हरेक नेपाली नागरिक यो समस्याको पीडामा छन् । र भविष्यमा स्थिति भयावह हुनसक्छ ।
सरकारी तवरबाट कान शिविर संचालन तथा सचेतना फैलाउने काम भएको छैन । भने मानिसमा नियमित कान चेकजाँच गर्ने बानीको विकास भएको छैन । यही स्थितीलाई मध्येनगर गर्दै विश्व स्वास्थ्य संगठनको पछिल्लो रणनीति अनुसार कर्णाली प्रदेशबाट कान स्वास्थ्य कार्यक्रम सुरु गरिएको छ ।
नेपाल नेत्र ज्योती संघले सिबिएमसँगको सहकार्यमा कर्णाली प्रदेशबाट यो कार्यक्रम सुरु गरेको हो । हाल यो कार्यक्रम कर्णालीका सुर्खेत र सल्यानका ६ पालिकामा लागु भएको छ । सुर्खेतको गुर्भाकोट र वीरेन्द्रनगर नगरपालिका तथा बराहताल गाउँपालिकामा लागु भएको हो । यस्तै सल्यानका बागचौर र सारदा नगरपालिका तथा सिद्धकुमाख गाउँपालिकामा कार्यक्रम लागु छ ।
विस्तारै यो कार्यक्रम सबै प्रदेशमा लागु गर्ने लक्ष्य रहेको नेपाल नेत्र ज्योती संघका केन्द्रिय महासचिव भरत बहादुर चन्द बताउनुहुन्छ । कर्णालीमा कान स्वास्थ्य कार्यक्रम प्रभावकारी कार्यान्वयनका लागि आगामी बजेटमै सम्बोधन हुने गरी यो कार्यक्रमलाई नीति तथा कार्यक्रममा समावेश गर्न पहल गर्ने कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका सचिव दिर्घबहादुर पोखरेलले बताउनुभयो ।
मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख बिर्षबहादुर शाहीले नीति, लगानी र निजी क्षेत्रको सहकार्यमा आँखा स्वास्थ्य कार्यक्रम प्रभावकारी भएको उल्लेख गर्दै मन्त्रालयले अब कान स्वास्थ्य कार्यक्रम पनि सोही अनुसार अघि बढाउने जानकारी दिनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच