
काठमाडौं । खाद्य स्वच्छतामा लगानी बढाऔं, अप्रत्यासित अवस्थाको पूर्वतयारी गरौं भन्ने नाराका साथ साताव्यापी विश्व खाद्य स्वच्छता दिवस २०८१ सुरु भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले विभिन्न कार्यक्रम गरी साताव्यापीरूपमा खाद्य स्वच्छता दिवस मनाउने भएको हो ।
जेठ १९ देखि २५ गतेसम्म सञ्चालन हुने दिवसका अवसरमा ३ जुन २०२४ का दिन खाद्य तथा दाना उद्योग दर्ताको सिफारिस तथा उद्योग अनुमति पत्र जारी तथा नवीकरण कार्यलाई अनलाइन प्रणालीमार्फत् सेवा प्रदान गर्न नेपाल कृषि बजार विकास कार्यक्रमको प्राविधिक सहयोगमा विकसित नेपाल फुड एण्ड फिड इण्डष्टी लाइसेन्सिङ सिस्टम शुभारम्भ गर्ने कार्यक्रम पनि रहेको विभागले जनाएको छ ।
डब्लुएचओका अनुसार विश्वमा हरेक वर्ष प्रत्येक १० मध्ये एकजना व्यक्ति दूषित खाद्य पदार्थ उपभोगका कारण बिरामी र चार लाख २० हजार मानिसको मृत्यु हुने गरेको छ ।
त्यस्तै, विभाग र मातहतका कार्यालयबाट दुग्ध पदार्थ, प्रशोधित पिउने पानी, मासुजन्य पदार्थ, तरकारी फलफूल, होटल रेष्टुरेण्ट, स्ट्रिट फुड्सलक्षित विशेष अनुगमन निरीक्षण कार्यक्रम सञ्चालन, ६ जुन २०२४ का दिन विश्व स्वास्थ्य संगठन(डब्लुएचओ)सँगको सहकार्यमा खाद्य स्वच्छतासम्बन्धी सरोकारवालासँग अन्तरक्रिया आयोजना, खाद्य प्राविधिक तथा पशु चिकित्सासम्बन्धी कलेजमा खाद्य स्वच्छता तथा प्रतिजैविक प्रतिरोधसम्बन्धी सचेतना कार्यक्रम, खाद्य स्वच्छतासँग सम्बन्धित सरोकारवाला निकायको सहभागितामा विश्व खाद्य स्वच्छता दिवस २०८१ का अवसरमा २५ जेठ प्रभातफेरी आयोजनालगायतका कार्यक्रम सञ्चालन हुने विभागका प्रवक्ता मोहनकृष्ण महर्जनद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
खाद्य स्वच्छताको महत्व आम जनमानसमा पुर्याउन विभागले २०६५ देखि सुरु गरेको खाद्य स्वच्छता दिवसको अभियानलाई समर्थन हुनेगरी खाद्य तथा कृषि संगठन(एफएओ) र डब्लुएचओको प्रस्तावमा सन् २०१८ डिसेम्बर २० का दिन संयुक्त राष्ट्रसंघको महासभाले हरेक वर्ष जुन ७ का दिन विश्व खाद्य स्वच्छता दिवस मनाउने निर्णय भई सन् २०१९ देखि हरेक वर्ष ७ जुनका दिन विश्वभरि विविध कार्यक्रमसाथ विश्व खाद्य स्वच्छता दिवस मनाइँदै आएको छ ।
डब्लुएचओको सन् २०२२ को तथ्यांकअनुसार विश्वमा हरेक वर्ष प्रत्येक १० मध्ये एकजना व्यक्ति दूषित खाद्य पदार्थको उपभोगका कारण बिरामी हुने गरेको छ भने चार लाख २० हजार मानिसको मृत्यु गरेको छ ।
जीवनाशक विषादी अवशेष, भेटरीनरी ड्रगको अवशेष, ढुसीजन्य विष, हेभी मेटललगायतका हानीकारक तत्व एवं रोगजन्य सूक्ष्म जीवाणुको संक्रमणका कारण खाद्य पदार्थ दूषित भई आर्थिक एवं मानवीय क्षतिको जोखिम रहन्छ । खाद्य स्वच्छता र गुणस्तरीयताको नियमन कार्यलाई समयानुकूल सुदृढ र प्रभावकारी बनाउन संघीय संसद्ले खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ जारी गरेको छ ।
उक्त ऐनले मानव स्वास्थ्यको सुरक्षा तथा उपभोक्ता हित संरक्षणका लागि खाद्य शृंखलाका सबै चरणमा वैज्ञानिक तथ्यका आधारमा खाद्य पदार्थको स्वच्छता तथा गुणस्तर निर्धारण र यसको नियमनको कानुनी व्यवस्था गरेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच