२६ जना प्रहरी सम्पर्कविहीन, प्रहरी प्रधान कार्यालयले निकाल्यो सूचना

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । एक महिनाभन्दा बढी समयदेखि गैरहाजिर रहेका २६ प्रहरी सम्पर्कविहीन रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । कार्यालयले एक सुचना जारी गर्दै गैरहाजिर र सम्पर्कविहीन प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ।

प्रहरी महनिरीक्षकको सचिवालयले सूचना जारी गर्दै २ हवलदार, ४ प्रहरी सहायक हवलदार र २० प्रहरी जवान एक महिनाभन्दा बढी समयदेखि आफूखुशि गैरहाजिर रहेको जानकारी दिएको छ।

उनीहरूको खोजतलास गर्दा पनि सम्पर्कमा नआएकाले प्रहरी प्रधान कार्यालयले सात दिन भित्र स्पष्टिकरणसहित सम्पर्कमा आउन निर्देशन दिँदै सूचना जारी गरेको हो। प्रहरी प्रधान कार्यालयले उनीहरूलाई सात दिनभित्र पनि सम्पर्कमा नआए प्रहरी नियमावलीका अनुसार सेवाबाट हटाइने चेतावनी दिएको छ।

हेर्नुहोस्, सूचना

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?