काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदिप यादवले नेपाल मेडिसिटी अस्पताल भ्रमण गर्नुभएको छ । भ्रमणका क्रममा उहाँले अस्पतालले प्रदान गर्दै आएको उपचार सेवा, गुणस्तरीय सरसफाइका साथै सरकारको स्वास्थ्य कार्यक्रमबारे जानकारी लिनुभएको छ ।
उहाँले अस्पतालको हेलिप्याड, आइसियु, अपरेसन थियटर, डायलासिस तथा ग्यास्ट्रो विभागको अवलोकन गर्नुभएको मेडिसिटीले जनाएको छ । विगत पाँच वर्षदेखि अस्पतालले विपन्न नागरिक औषधि उपचार योजना लागू गर्दै आएको छ । जसबाट झण्डै दुर्ई हजार मानिसले उपचार सेवा प्राप्त गरेका छन् । हालसम्म तीन सय चारजनाले मुटुसम्बन्धी उपचार तथा शल्यक्रिया गरेका छन् भने १५ सय ४३ जनाले क्यान्सरसम्बन्धी र एक सय ४६ जनाले डायलासिस सेवा लिएका छन् ।
हजारौं संख्यामा नेपालीहरू उपचारका लागि विदेशिनुपर्ने बाध्यताको विषय उठान गर्दै मेडिसिटीका अध्यक्ष डा. उपेन्द्र महतोले नेपालका अस्पताललाई नै अन्तर्राष्ट्रियस्तरको सेवा सम्पन्न बनाउन सके नेपाल मेडिकल टुरिजमको हब बन्न सक्ने बताउनुभएको थियो ।
सो अवसरमा सहजरूपमा औषधि उपलब्ध हुुनुपर्ने, औषधि निर्यातमा औषधि व्यवस्था विभागका झन्झटिला प्रक्रियामा सहजीकरण गर्नुपर्ने, क्यान्सरका लागि आवश्यक साइक्लोेट्रोन नेपालमै उत्पादन हुनुपर्ने तथा अन्तर्राष्ट्रियस्तरको अस्पताल बनाउन विदेशी दक्ष चिकित्सकलाई पनि छोटो समयका लागि नेपालमा काम गर्ने अनुमति दिइनुपर्नेलगायतका विषयमा अस्पतालले मन्त्रीको ध्यानाकर्षण गराएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच