
काठमाडौं । समृद्धि फाइनान्सले शनिबार संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत पोखरामा एकदिने निःशुल्क स्वास्थ्य परीक्षण र परामर्श शिविर आयोजना गरेको छ ।
पोखरा कार्यालयद्वारा पोखरा महानगरपालिका वडा ४ शहरी स्वास्थ्य केन्द्र र वडा ४ को विशेष सहयोग तथा पश्चिमाञ्चल डाइग्नोसिक एण्ड रिसर्च सेन्टरको प्राविधिक सहयोगमा भएको स्वास्थ्य जाँचमा दुई सय ६४ जनाले निःशुल्क सेवा लिएका थिए ।
निःशुल्क स्वास्थ्य जाँच वडा ४ का वडाध्यक्ष देवकृष्ण पराजुलीको उपस्थितिमा भएको थियो । कार्यक्रममा स्वास्थ्य शहरी केन्द्रका पोखरा महानगरपालिका वडा ४ का सदस्य सुजन पौडेल, पश्चिमाञ्चल डाइग्नोसिक एण्ड रिसर्च सेन्टरका अध्यक्ष पुरुषोत्तम सुवेदी रहनुभएको थियो भने डा. अनुप बराल र डा. प्रतिभा तिमल्सिनाले स्वास्थ्य जाँच गर्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच