![शहरी विकास मन्त्रालयको बजेट असन्तुलित रहेको भन्ने भनाईमा सत्यता छैन : मन्त्री बुढा](https://ehimalayatimes.com/wp-content/uploads/2024/06/dhan-bahadur-budha.jpg)
मुगु । मुगु जिल्ला कै पहिलो विद्यालय मीन माध्यामिक विद्यालयहरुमा अध्ययनरत छात्राहरु दैनिकजसो रुने, कराउने, लट्ठिने,काम्न र बरबराउन थालेपछि विद्यालयमा अध्यापनको कार्य प्रभावित हुँदै आएको छ ।
कक्षा ६ देखि १० कक्षामा अध्ययनरत केही छात्राहरुमा यस्तो लक्षण गत २१ गतेबाट देखिँदै आएको छ ।
शुरुमा मुर्छा पर्ने लठ्ठीने अनि रुन कराउने थाल्ने, वरबराउने,पिडुला,पेट,घाँटी पछाडी गर्दन दुख्यो भन्दै छटपटाउने,पानी तिर्खा लाग्यो भन्दै जिव्रो सुख्खा हुने गरेको उक्त विधालयका शिक्षक नम्रता मल्लले बताउनु भयो उहाका अनुसार शुरुमा एक छात्रामा यस्तो लक्षण देखिने र क्रमस विद्यालय उपस्थित सबै छात्राहरुमा फैलँदै जान्छ । त्यस्तो लक्षण भएकी छात्रालाई जस्ले छोयो उस्लाइ नै सर्दै जाने गरेको छ ।
विद्यालयमा विहानको प्रार्थना र राष्ट्रियगान लगतै लाइन मै यस्तो हुने गरेको छ । दिनहुँ छात्राहरुमा यस्तो लक्षण देखिन थालेपछि विद्यालय कै शिक्षण कृयाकलाप प्रभावित भएको छ । छात्राहरु एकपछि अर्को विरामी पर्न थालेपछि विद्यालयमा अप्रिय घटना नहोस् भनेर जति विरामी हुन्छन् तिनिहरुलाई बोकेर उनीहरुका घर तथा अस्पतालसम्म पुर्याउने गरिएको छ । आज भन्दा भोलि सुधार होला भन्दा झन बढी छात्राहरु विरामी हुन थालेपछि अव के गर्ने भनेर विद्यालय परिवार अन्योल परेको प्रध्यानाध्यापक पुर्ण बहादुर मल्लले बताउनु भयो ।
विद्यालयमा दिनहुँ छात्राहरुमा यस्तो समस्या देखिन थालेपछि आइतबारबाट छायानाथ रारा नगरपालिका स्वास्थ्य शाखाबाट २ जना स्वास्थ्यकर्मीहरु खटिएर मनोपरामर्श कक्षा दिन थालिएको छ ।
२ वर्ष अघि पनि छात्राहरुलाई यस्तै समस्या देखिएको थियो भने गत वर्ष विद्यालय व्यवस्थापन समितिले विद्यालयमा अग्नि होम गरेको थियो संयोग भनौ या पुजाले हो गत वर्ष यो समस्या कसैमा देखिएन तर यो वर्ष पुन छात्राहरुमा पुरानै समस्या देखिन थालेको विधालयले जनाएको छ ।
यो विद्यालयमा कक्षा ६ देखि १० सम्म ११२ छात्रा ९८ छात्र गरि जम्मा २१० जना विधाथी अध्यनरत छन् ।
विद्यालय जिल्ला सदरमुकाम गमगढिबाट १५ मिनेट पैदल दुरि टाढा रहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच