
म्याग्दी । राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक क्षेत्रको तिप्ल्याङ खण्डमा सडक स्तरोन्नतिको काम सुरु भएको छ ।
रघुगंगा गाउँपालिका वडा नं १ मा पर्ने तिप्ल्याङ बजारमा सडक अतिक्रमण गरी वनाइएका घर टहरा भत्काइ सडकलाई चक्लाउने र स्तरोन्नति गर्ने काम भइरहेको बेनी–जोमसोम–कोरला सडक योजनाका सूचना अधिकारी विष्णु चापागाईँले जानकारी दिनुभयो ।
उहाँका अनुसार तिप्ल्याङ बजारका स्थानीयलाई मुआब्जा दिएर घर, टहरा भत्काएपछि अहिले सडक स्तरोन्नतिको काम भैरहेको हो । यहाँ शर्मा युनाईटेड जेभीमार्फत सडक स्तरोन्नतिको काम भइरहेको हो । सडकको दुवैतर्फ नाली निर्माण गर्नुका साथै सडकलाई फराकिलो बनाउनेलगायत सडक स्तरोन्नतिको काम भैरहेको सडक योजनाका सूचना अधिकारी चापागाइँले बताउनुभयो ।
तिप्ल्याङको ५ सय मिटर बजार क्षेत्रमा अहिले सडक विस्तार तथा स्तरोन्नतिको काम भैरहेको छ । पर्वतको मालढुङ्गादेखि मुस्ताङको कोरला नाकासम्म दुइ सय दुई कलोमिटरको दूरीमा बेनी–जोमसोम–कोरला सडक योजनामार्फत विभिन्न प्याकेजमा सडक स्तरोन्नति र कालोपत्रे गर्ने काम भैरहेको सूचना अधिकारी चापागाईँले जानकारी दिनुभयो ।
२०७४ साल जेठ ५ गते सम्झौता भई आगामी पुसको ८ गतेभित्र निर्माणसम्पन्न गरिसक्नुपर्ने गलेश्वरदेखि तातोपानीसम्मको सडकखण्डमा हालसम्म करिब ९० प्रतिशत प्रगति भएको छ । यस खण्डको कुल लागत ६२ करोड ४४ लाख रुपैयाँ रहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच