
काठमाडौं । चलचित्र ‘बोक्सीको घर’ले शनिबार प्रदर्शनको ५१औं दिन मनाएको छ । न्यूरोडस्थित रञ्जना सिनेप्लेक्समा चलचित्रले प्रदर्शनको ५१औं दिन मनाएको हो । अभिनेत्रीसमेत रहनुभएकी केकी अधिकारीको होम प्रोडक्सनबाट चलचित्र निर्माण भएको हो ।
आफ्नो चलचित्र व्यावसायिक रूपमा सफल भएकोमा केकीले दर्शकप्रति आभार व्यक्त गर्नुभएको छ । सुलक्षण भारतीको निर्देशन रहेको चलचित्रमा केकी र सुलक्षणसँगै, सुपला सापकोटा, श्वेच्छा राउत, रमा थपलिया, सुष्मा निरौला, सविन बास्तोलालगायतको अभिनय छ । चलचित्रमा निर्माताका रूपमा केकीका बाबु बद्री अधिकारी रहनुभएको छ भने राज घिमिरे कार्यकारी निर्माता हुनुहुन्छ ।
चलचित्र ‘बोक्सीको घर’ले ५१ दिन मनाएको खबरसँगै निर्देशक र निर्माताबीचको विवाद पनि सतहमा आएको छ । निर्देशक सुलक्षण भारतीले निर्देशक र लेखकको रूपमा आफूलाई बेवास्ता गरिएको आरोप लगाउँदै प्रतिक्रिया दिनुभएको छ ।
भर्खरै स्कुल पढ्दै गरेकी नाबालिकाको विवाह आफूभन्दा २४ वर्ष जेठो पुरुषसँग भएपछि उसले अन्धविश्वासका कारण समाजबाटै भोगेको हिंसाको कथा चलचित्रमा देखाइएको छ । समाजमा बोक्सी भनेर लगाइने आरोप र त्यसकै आधारमा महिलामाथि हुने अन्यायलाई चलचित्रमा मुख्य कथावस्तु बनाइएको छ । अन्धविश्वासका कारण समाज कतिसम्म क्रुर बन्नसक्छ भन्ने तथ्यलाई समेत कलात्मक ढंगले चलचित्रमा देखाइएको छ ।
चलचित्र ‘बोक्सीको घर’ले ५१ दिन मनाएको खबरसँगै निर्देशक र निर्माताबीचको विवाद पनि सतहमा आएको छ । निर्देशक सुलक्षण भारतीले निर्देशक र लेखकको रूपमा आफूलाई बेवास्ता गरिएको आरोप लगाउँदै प्रतिक्रिया दिनुभएको छ । ५१औं दिनको सन्दर्भमा सामाजिक सञ्जालमा पोस्ट गर्दै भारतीले ‘काम गर्ने कालु माम खाने आलु’के यो उखानले सार्थकता राख्छ ?’ भनेर लेख्नुभएको छ । उहाँले लेख्नुभएको छ, ‘यो नितान्त मेरो कृति हो र निर्माता पक्षले यसमा ध्यान नदिनुले के प्रश्न खडा गर्छ ? कुनै पनि बोक्सीको घरको कार्यक्रम भएको ठाउँमा लेखक र निर्देशकको उपस्थिति नहुनु र वास्ता नगरिनुले के सार्थकता राख्छ ? म सर्जक भएर हेर्दा आफ्नो मृत्यु भएको अनुभव गरेको छु, के यो अनुभव स्वभाविक हो ?’
निर्देशक तथा लेखक भारतीले चलचित्र ‘बोक्सीको घर’ निर्माण युनिटले आफूलाई बेवास्ता गरेको भन्दै आक्रोश पोख्नुभएको छ । उहाँले लेख्नुभएको छ, ‘जसले जे काम गरेको छ, त्यसको उचित मूल्यांकन हुन जरुरी छ वा छैन ? लेखक तथा निर्देशक आर्थिक तथा सामाजिक रूपमा कमजोर छ भन्दैमा उसलाई बेवास्ता गर्नु न्यायोचित होला र ? के लेखक तथा निर्देशकलाई यसरी बेवास्ता गर्न मिल्छ र ? बौद्धिक चोरी भनेको के हो ? बोक्सीको घर आखिरमा कसले बनाएको चलचित्र हो ?’
आफू प्राथमिकता नपर्नु भनेको बौद्धिक चोरी भएको उहाँको भनाइ छ । ‘मलाइ जुन माया दर्शकहरूले दिनुभयो । त्यसका लागि हार्दिक आभार व्यक्त गर्न चाहन्छु । तपाईंहरूको मायाले आज चलचित्र ‘बोक्सीको घर’ ले ५१औं दिन मनाउन सफल भएको छ’, उहाँले अगाडि लेख्नुभएको छ, ‘बोक्सीको घरको कार्यक्रम भएको ठाउँमा लेखक र निर्देशकको उपस्थिति नहुनु र वास्ता नगरिनुले के सार्थकता राख्छ ? ।’ उहाँले ‘बोक्सीको घर’ आखिरमा कसले बनाएको चलचित्र भनेर प्रश्नसमेत गर्नुभएको छ ?
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच