
नेपालको राजनीतिमा लगभग दार्शनिक पक्ष प्रायः शून्यजस्तै छ । कांग्रेसमा गणेशमान सिंह र कृष्णप्रसाद भट्टराई अनि कम्युनिष्टमा मनमोहन अधिकारीमा बाहेक माथिल्लो तहमा दार्शनिक पक्ष भएको भेटिँदैन । दार्शनिक पक्षले सधैं राजनीतिलाई मूल्य/मान्यतामा आधारित बन्न/बनाउन प्रयत्न गर्ने गर्छ भने शासकीय पक्षधर सत्तामा टिकिरहन जसो पनि गर्ने गर्दछन् । आज त्यसैको प्रभावले राजनीतिलाई विकृत र कुरूप बनाइदिएको छ । हङ्ग पार्लियामेन्टका केही अवगुणहरूले पनि देशको राजनीतिलाई बिस्तारै गलत बाटोमा लाने काम गरेकै थियो त्यसमा पनि जब माओवादी नामको पार्टीलाई शान्ति प्रक्रियामा ल्याएपछि देश आर्थिक रूपले रित्याउने काम भयो ।
त्यतिमात्रै होइन राजनीतिलाई विशेष गरेर साशकीय स्वरूपमा एकलब्य रूपले लाने काम भयो । दार्शनिक पक्ष पूर्णरूपले छोडियो ।
परिणामस्वरूप आज मुलुक नीति, सिद्धान्त र मूल्य मान्यताको राजनीतिबाट च्युत हुन गयो । राजनीति निश्चित मूल्य र मान्यताको आधारमा चल्ने पद्धति हो । जहाँ मूल्य, मान्यताको कुनै सीमा र मर्यादा राखिँदैन त्यहाँ शासकीय ढंगले राज्य चलेको हुन्छ । शासकहरू आफू शक्ति र शासनमा रहिरहन अनेक हतकण्डा अपनाइरहन्छ । नीति, सिद्धान्त र आदर्शलाई त्यागेर जब सत्ता र शक्तिमा रहिरहन चाहनेले आफ्नो नेतृत्व उन्मुख कार्यकर्तालाई प्रयोग गर्दछन् । जब त्यस्ता कार्यकर्ताको उपयोगिता सकिन्छ तब तिनीहरूलाई प्रयोगपछि फालिदिन्छन् ।
नेपाली कांग्रेसमा गणेशमान सिंहको पार्टीबाट बहिरगन कसैबाट छिपेको छैन भने किसुनजीको पनि अन्ततः त्यही हालत भएरै छाड्यो । त्यस्तो अवस्था नेकपा एमालेमा पनि भएकै छ र यसको पछिल्लो सिकार डा.भीमबहादुर रावल बन्दै गरेको अवस्था छ । यसको मुख्य कारण नै शासकीय प्रवृत्ति हाबी हुनु हो ।
उदाहरण हाम्रै सन्दर्भमा यस्ता थुप्रै दृष्टान्त छन् । कांग्रेसमा शासकीय प्रवृत्ति कोइरालामा र एमालेमा पनि त्यस्ता प्रवृत्तिहरू नदेखिएका होइनन् । माधव नेपाल र केपी शर्मा ओलीले पनि कार्यकर्तालाई प्रयोग गर्ने र फाल्ने काम भएका छन् । त्यसैले राजनीतिमा शासकीय पक्ष बढी हाबी भएकाले आज देशमा यो विसंगति, बेथिति अनि विकृतिले स्थान पाएको हो । यो एउटा गम्भीर विषय हो जसका बारेमा गहन अध्ययन विश्लेषण आवश्यक छ । राजनीतिमा जैलेसुकै पनि दुई धार निरन्तर क्रियशील रहिरहँदा रहेछन्, एउटा शासकीय पक्ष र अर्को दार्शनिक । यी दुईमध्ये दार्शनिक पक्षभन्दा शासकीय पक्ष बलवान् देखिँदै आएको पाइन्छ ।
नेपाली कांग्रेसमा हेर्यो भने गणेशमान सिंह र कृष्णप्रसाद भट्टराई प्रजातन्त्र पुनस्र्थापनापछि सधैं रक्षात्मक पंक्तिमा देखिन्थे भने गिरिजाप्रसाद कोइराला आक्रमक । भट्टराई र सिंहलाई रक्षात्मक अवस्थामा नराखेसम्म आफू पार्टी सत्ता र राज्य सत्तामा हुइँदैन भन्ने तथ्य राम्रोसँग बुझेका थिए । त्यहीँ भएर आफूभन्दा सिनियरको तेजोबध गर्न पछि परेनन् । नेपाली कांग्रेसमा गणेशमान सिंहको पार्टीबाट बहिरगन कसैबाट छिपेको छैन भने किसुनजीको पनि अन्ततः त्यही हालत भएरै छाड्यो । त्यस्तो अवस्था नेकपा एमालेमा पनि भएकै छ र यसको पछिल्लो सिकार डा.भीमबहादुर रावल बन्दै गरेको अवस्था छ । यसको मुख्य कारण नै शासकीय प्रवृत्ति हाबी हुनु हो ।
राजनीतिमा जहाँ दार्शनिक पक्ष कम्जोर हुन्छ त्यहाँ शासकीय पक्ष प्रबल भएर देखापर्छ । कम्युनिष्ट पार्टीहरूमा अझ बढी दार्शनिक पक्ष हाबी हुनुपर्ने हो तर त्यहाँ पनि त्यस्तो देखिएन । जहाँ दर्शनिक पक्ष निरीह हुँदै जान्छ त्यहाँ मूल्य, मान्यता र आदर्शका कुरा व्यर्थ हुँदा रहेछन् । एउटा हाँसोलाग्दो कुरा के छ भने माओवादी नामको पार्टीले भारतसँग सुरुङ युद्धको चर्को भाषण गरेर नथाक्नेहरू आज भारतकै गुणगान र चाकरी गर्दै आफ्नो सत्ता जोगाउनै ठिक्क देखिन्छन् । यो पनि शासकीय मनोदशाको एउटा स्वरूप हो । शासन सत्तामा टिकिरहन आफ्नो सबै मूल्य र मान्यतालाई तिलाञ्जलि दिनेहरू अझै कम्युनिष्ट दर्शनको बेलामौकामा स्तुति गर्न पछि पर्दैनन् ।
तर, समग्रमा कांग्रेस कांग्रेसजस्तो देखिँदैन भने कम्युनिष्ट कम्युनिष्ट जस्तो । यो अवस्था नै नेपालीका लागि ठूलो दुर्भाग्य हो । जब राजनीतिक पार्टीहरू विचार र सिद्धान्तबाट स्खलित हुन्छन् अनि सत्ता र शक्तिको आडमा आफूलाई उभ्याउने कोसिस गर्नुको अर्को विकल्प देख्दैनन् । नेपालको राजनीति आज यो विकृत अवस्थामा पुग्नुका पछाडि दार्शनिक पक्ष कमजोर हुनु हो । आदर्श र नैतिकता जहाँ मूल्य र मान्यताको राजनीति हुन्छ र राजनीतिको केन्द्रबिन्दु देश र जनताका लागि हुन्छ । अहिले हाम्रो समाजमा न मूल्य र मान्यताको कसैले ख्याल गरेको छ न देश र जनताप्रति जबाफदेही छन् । यस्तो अवस्थामा हुने यस्तै नग्नता मात्रै हो ।
यसर्थ देशको यो दूराअवस्थाको पूर्णजिम्मेवारी यिनै कथित ठूला भनाउँदा कम्युनिष्ट कांग्रेसले लिनुपर्छ । यिनीहरू आफू पनि राम्रो नगर्ने अरू नवोदित शक्ति र व्यक्तिलाई पनि देखिनसहने प्रवृत्ति अत्यन्तै हानिकारक देखिन्छ । करिब/करिब अब नेपालीहरूमा यी कम्युनिष्ट कांग्रेसप्रति यति धेरै विश्वास भएको पाइँदैन । तथापि यिनीहरूको विकल्पमा भरपर्दा शक्तिहरू पनि उदीयमान भएर आएको देखिँदैन । यस्तो अवस्थामा चाहेर वा नचाहेर पनि यिनैका पछि लाग्नुपर्ने स्थिति देखिँदै छ । यसका पछाडि धेरै पढालेखा युवा शक्तिहरू विदेश पलायन हुनु पनि हो । कहीँकतै अवसर लिन नसकेकाहरू मात्र देशमा छन् र राजनीतिमा आएको पाइन्छ जसबाट धेरै आश गर्ने ठाउँ रहँदैन ।
नेपाली कांग्रेसमा गणेशमान सिंह, किसुनजीमात्रै होइन प्रदीप गिरिलाई पनि दार्शनिक पक्षको एक होनाहार व्याक्तित्व हामीले जानेकै हौं भने नेकपा एमालेमा मनमोहन अधिकारी र अध्यावधि भीमबहादुर रावल छँदैछन् जो आफ्नो राजनीतिक मूल्य र मान्यतामा अडिग देखिएका छन् ।
त्यसैले अबका दिनमा राजनीतिमा प्रवेश गर्ने युवा पुस्तालाई राजनीतिमा शासकीय पक्ष र दार्शनिक पक्षको सैद्धान्तिक ज्ञानको गहिराइमा पुग्न आवश्यक छ । राजनीतिमा शासकीय र दार्शनिक पक्षमा गहन अध्ययन र विश्लेषण अत्यावश्यक भइसकेको छ । आजसम्म हाम्रो सन्दर्भमा शासकीय र दार्शनिक पक्षको बृहत् अन्तरक्रिया भएको पनि पाइँदैन । राजनीतिमा नयाँ-नयाँ प्रवेश हुनेहरूका लागि यस विषयमा प्रशिक्षण दिनुपर्ने देखिन्छ ता कि राजनीतिमा शासकीय र दार्शनिक पक्षमा राम्रो जानकारी राखून् । नेपालको प्रसंगमा शासकीय पाक्ष अति नै हाबी हुँदा आज यो विकृति र विसंगति भयो । सिंगो देश नै भ्रष्टाचारको दलदलबाट उम्कनै नसक्ने गरी भासियो । आज नेपाल भ्रष्टाचारीको चंगुलबाट फुत्कन सक्ने अवस्था देखिँदैन ।
यसका पछाडि राजनीतिमा दार्शनिक पक्ष अत्यन्तै निरीह हुँदै जानु हो । दार्शनिक पक्ष बलियो हुँदा मूल्य र मान्यताको राजनीतिले स्थान पाउँछ तर शासकीय पक्ष ठीक त्यसको विपरीत नैतिकता, आचरण र चरित्रहीनको चरम नग्न रूप देखिन्छ जसले देश भ्रष्ट हुँदै जान्छ । नेपाल साँच्चै भ्रष्टाचारको अत्यन्तै डरलाग्दो स्वरूप देखिँदै गएको प्रष्ट छ । शासकीय पक्ष उन्माद हुनु नै दार्शनिक पक्ष कमजोर र निरीह हुनु हो । राजनीतिमा जबसम्म पार्टी कार्यकर्ता मूल्यहीन नेतृत्वको पछि लुरुलुरु लाग्छन् त्यो अवस्था नै शासकीय स्वरूपको चरम उत्कर्षता अनुभव गर्न सकिन्छ । सत्ता र शक्ति यस्तो चिज रहेछ जसले मानिसलाई आफ्ना नैतिक मूल्य र मान्यतालाई बिर्सेर अन्धो बनाइदिँदो रहेछ ।
संसारमा बिरलै व्यक्तित्व हुँदा रहेछन् जसले आफ्ना राजनीतिक मूल्य र मान्यताको उच्चतम महत्व दिँदा रहेछन् । हाम्रोजस्तो देशमा औंलामा गन्न सकिने मानिसहरूले मात्र आफ्नो मूल्य मान्यताका सामु सत्ता र शक्तिलाई ठूलो कुरा देखेनन् । प्रधानमन्त्री पदको अफर छोडेर अरूतिर फर्काए तर पनि त्यो त्यागको सम्मान गर्नुको सट्टा अवमूल्यन गर्ने काम भयो । नेपाली कांग्रेसमा गणेशमान सिंह, किसुनजीमात्रै होइन प्रदीप गिरिलाई पनि दार्शनिक पक्षको एक होनाहार व्याक्तित्व हामीले जानेकै हौं भने नेकपा एमालेमा मनमोहन अधिकारी र अध्यावधि भीमबहादुर रावल छँदैछन् जो आफ्नो राजनीतिक मूल्य र मान्यतामा अडिग देखिएका छन् । त्यो नै दार्शनिक पक्षको दृढता हो ।
बाँकी अहिले जति पनि देखिएका छन् ती सबै सत्ता र शक्तिको पछि लिप्त देखिन्छन् । तिनीहरू सबैमा शासकीय लालच प्रचुर मात्रामा देखिँदै आएको छ । यसर्थ राज्यमा दार्शनिक पक्ष कमजोर हुँदै गएको पाइन्छ भने शासकीय पक्ष बढी हाबी हुँदा राजनीतिमा सुशासन भन्ने कुरा प्रायः शून्य नै रहने रहेछ । एउटा उदाहरण लिऊँ कांग्रेसबाट सुविधाजनक बहुमत प्राप्त गरेका गिरिजाप्रसाद कोइराला आफूमाथि संकट आउँदा अरू विकल्प हुँदाहुँदै संसद् भंग गरेर मध्यावधि निर्वाचनमा गए ।
तर, त्यस्तै संकट आफूमाथि आइलाग्दा कृष्णप्रसाद भट्टराईले राजिनामा दिएर अरू विकल्पहरूको मार्ग प्रशस्त गरेका थिए । यसबाट के बुझ्नुपर्छ कि शासकीय र दार्शनिक पक्षबीच के फरक हुँदोरहेछ ? शासकीय पक्षको नेतृत्व नेपाली कांग्रेसमा कोइरालाले गरेको पाइन्छ भने नेकपा एमालेमा केपी शर्मा ओलीले । सरकार गठन गर्ने प्रयाप्त विकल्प हुँदाहुँदै दुई-दुई पटक संसद् विघटन गर्नु शासकीय उत्कट चाहनाको स्वरूप देखिन्थ्यो । यिनै यस्तै प्रवृत्तिले आज देशको राजनीति विकृतपूर्ण दिशामा उद्दत हुँदै गएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच