संसद सचिवालयका कर्मचारीद्वारा महासचिवको कार्यकक्ष घेराउ

काठमाडाैं । संघीय संसद सचिवालयका कर्मचारीहरुले संसदका महासचिवको कार्यकक्ष घेराउ गर्दै बिरोध गरेका छन् ।

संसद भवन नयाँ बानेश्वरस्थित संसदका महासचिव पद्यप्रसाद पाण्डेको कार्यकक्ष घेराउ गर्दै उनीले संसदमा अतिरिक्त समयमा काम गरेबापतको सेवा सुविधा व्यवस्था गर्न माग गरेका हुन् । कर्मचारीहरुले आन्दोलनका क्रममा हातमा कालोपट्टीसमेत बाँधेर बिरोध जनाएका थिए । उनीहरुले संसदमा कार्यालय समय बाहेक अतिरिक्त समयमा काम गरेको भत्ता लगायत सेवा सुविधाहरु थप गर्न माग गर्दै उनीहरुले बिहान १० बजेदेखि ११ बजेसम्म धर्ना दिएका हुन् ।

संसद सचिवालयका कर्मचारी युनियनका अध्यक्ष गोविन्दप्रसाद बेल्वासेले साँझ ५ बजेसम्मको समय कुर्ने र माग पूरा नगरे बुधवारबाट १० देखि १२ बजेसम्म आन्दोलन गर्ने चेतावनी दिनुभयो । उहाँले बजेटमा आगामी वर्षको अतिरिक्त समयको सेवा सुविधाको सुनिश्चितता हुनुपर्ने माग गर्नुभयो । उहाँले माग पूरा नभएसम्म आन्दोलन जारी रहने बताउनु भयो ।

संसद सचिवालयका कर्मचारीहरु ११ बुँदे मागसहित आन्दोलनमा छन् । सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालसहित संसदका राजनीतिक दलका प्रमुख सचेतकहरुले सोमवार कर्मचारीहरुसँग छलफल गरेका थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?