काठमाडौं । काठमाडौं बर्नहार्ट विद्यालय तथा कलेजले २५ जना विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने भएको छ । काठमाडौंको बल्खुस्थित कलेजले आगामी शैक्षिक सत्र कक्षा ११ मा भर्ना हुने विद्यार्थीलाई लक्षित गर्दै यस्तो घोषणा गरेको कलेजका प्रबन्ध निर्देशक नवराज अधिकारीले जानकारी दिनुभयो ।
कक्षा ११ र १२ दुवैमा लागू हुने पूर्ण छात्रवृत्ति योजना प्राप्त गर्न माध्यमिक शिक्षा (एसइई) परीक्षामा चार जिपिए अनिवार्य गरिएको छ । कलेजको यस घोषणासँगै चार जिपिए ल्याएका पहिला भर्ना हुन आउने २५ जनाले काठमाडौं बर्नहार्ट विद्यालय तथा कलेजमा कक्षा ११ र १२ निःशुल्क अध्ययनको अवसर पाउने बताइएको छ ।
एसइई परीक्षामा राम्रो अंक प्राप्त गरेर पनि उच्च शिक्षा अध्ययन गर्नबाट वञ्चित विद्यार्थीका लागि योजनाले विद्यार्थीको भविष्य साकार बनाउन मद्दत गर्ने अपेक्षा गरिएको छ । विज्ञान र व्यवस्थापन संकायको अध्यापन गराउँदै आएको कलेज २०५७ सालमा स्थापना भएको हो ।
Riyansh Sah