
कालीकोट । कालीकोटको सान्नीत्रिवेणी गाउँपालिकाले ३८ करोड रूपैयाँ बराबरकाे बजेट सार्वजनिक गरेको छ ।
गाउँपालिकाकाे १४ औँ गाउँसभाबाट आर्थिक वर्ष २०८१/०८२ का लागि ३८ करोड ७७ लाख ५ हजार ३ सय ९ रुपैयाँको बजेट सार्वजनिक गरेको हो । असार ७ र ८ गते बसेको १४ औँ गाउँ सभाले शिक्षा, स्वास्थ्य, कृषि र सडकलाई पहिलो प्राथमिकतामा राखेर नयाँ आर्थिक वर्षका लागि बजेट र नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो ।
सशर्त अनुदान संघीय सरकारबाट १५ करोड ८९ लाख ६८ हजार प्रदेश सरकारबाट ३ करोड २१ लाख ८८ हजार, वित्तीय समानीकरण संघीय सरकारबाट ८ करोड ९१ लाख प्रदेश सरकारबाट ९९ लाख ५३ हजार, राजश्व बाडफाँट संघीय सरकारबाट ७ करोड ७५ लाख प्रदेश सरकारबाट ५ लाख ८४ हजार ३ सय ९, समपुरक अनुदार संघीय सरकारबाट १ करोड ५० लाख आन्तरिक स्रोतबाट ४५ लाख गरेर ३८ करोड ७७ लाख ५ हजार ३ सय ९ रुपैयाँको बजेट ल्याएको बताइएको छ ।
गाउँ सभाले पालिकाको प्रशासकीय भवन निर्माण, शान्तिघाटदेखि पालिकासम्मको सडक स्तरोन्नति, रकुदेखि पालिकासम्मको सडक निर्माणलाई पहिलो प्राथमिकतामा राखिएको गाउँपालिका उपाध्यक्ष पार्वती सिंह सञ्ज्यालले जानकारी दिनुभयो ।
उहाँका अनुसार शिक्षा, स्वास्थ्य र कृषिलाई आधारभूत आवश्यकतामा राखेर बजेट ल्याइएको हो । आधारभूत अस्पतालमा फार्मेसी सञ्चालन तथा जेनेरेटर खरिद गर्ने, एम्बुलेन्स नियमित सञ्चालनमा ल्याउने, पालिकाको स्काभेटरमार्फत रकुदेखि पालिकासम्मको सडक निर्माण गर्ने, सीप सिकाएर आत्मनिर्भर बनाउने, भौतिक संरचनाका लागि साझेदार गर्ने, स्वास्थ्य चौकीको भवन निर्माण तथा स्तरोन्नति, खानेपानीलगायतका लागि बजेट विनियोजन गरिएको छ ।
सबैको चासो रहेको रकुदेखि पालिकासम्मको सडक निर्माणका लागि पालिकाले २० लाख बजेट छुट्याएको छ । २० लाख प्रदेश सरकारबाट र २० लाख स्थानीय सरकारबाट बजेट विनियोजन गरिएको छ ।
सडक निर्माणका लागि दुई ठाउँवाट काम सुरु गरिने गाउँपालिका अध्यक्ष मोहन बहादुर केसीले बताउनुभयो । नयाँ आर्थिक वर्षको बजेटमा वडाको चालु खर्च घटेको छ । आर्थिक वर्ष २०८१/०८२ का लागि नौ वटै वडाका लागि २७ लाख विनियोजन गरिएको छ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच