जंगली च्याउ खाँदा एकै परिवारका चारजना बिरामी

मन्जिता मैनाली मकवानपुर, संवाददाता
Read Time = 1 min

हेटौंडा । मकवानपुरको राक्सिराङ गाउँपालिकामा जंगली च्याउ खाँदा एकै परिवारका चारजना बिरामी परेका छन् । सोमबार राक्सिराङ गाउँपालिका-८ लाचेका एकै परिवारका चारजना बिरामी परेका हुन् ।

बिरामी पर्नेहरु स्थानीय २१ वर्षका भवुल प्रजा, उनकी श्रीमती २१ वर्षीय रतिमायाँ प्रजा, ३ वर्षको छोरा समिक प्रजा र भवुलका भाई १८ वर्षका पूर्ण प्रजा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । भवुलले जंगलबाट खोजि ल्याएको च्याउ पकाएर खाँदा उनीहरु बिरामी परेको प्रहरीको भनाइ छ ।

बिरामी चारैजनाको चितवनकाे भरतपुर अस्पतालमा उपचार भइरहेको प्रहरीकाे भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?