बनियानी खोलाले बगाउँदा १३ वर्षीय बालक बेपत्ता

राजेन्द्र गौतम झापा, संवाददाता
Read Time = 1 min

झापा । स्थानीय बनियानी खोलाले बगाउँदा झापा गौरीगञ्ज गाउँपालिका-१ का १३ वर्षीय बालक बेपत्ता भएका छन् ।

झोलुङ्गेटोलका वेद विकका छोरा मिलन विक बगेर बेपत्ता भएको नेपाल रेडक्रस सोसाइटी झापा सभापति लोकराज ढकालले बताउनुभयो ।
खोला तर्ने क्रममा मिलनलाई बुधबार साँझ ६ बजेतिर खोलाले बगाएको हो ।

नेपाल प्रहरी , सशस्त्र प्रहरी, रेडक्रस र स्थानीयको सहयोगमा राति ११ बजेसम्म खोजेपनि मिलनलाई फेला पार्न नसकिएको सभापति ढकालले जानकारी दिनुभयो ।

पानी रहेकोले अहिले  बिहानैबाट बालकको खोजी सुरु भएको छ । यो समाचार तयार पार्दासम्म मिलन फेला पार्न नसकेको जनाइएको छ ।

खोला तर्ने क्रममा मिलनलाई खोलाले बगाएको हो । अन्य साथीहरू सुरक्षित खोला तरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?