पेस्तोलसहित युवक पक्राउ

राजेन्द्र गौतम झापा, संवाददाता
Read Time = 1 min

झापा । घरमा पेस्तोल राखेर आफ्नै भाउजूलाई धम्क्याउने झापा बिर्तामोड नगरपालिका-७ फक्तालुङ सिरानटोलका सुरेश पराजुलीलाई प्रहरीले पक्राउ गरेको छ ।

भाउजू गीतासँग झगडा गर्दै गर्दा ३० वर्षीय सुरेश बुधबार राति पक्राउ परेको बिर्तामोड प्रहरीले जनाएको छ । झगडा गर्दै गरेको सूचना पाएर पुगेको प्रहरीले सुरेशको घर खानतलासी गरेको थियो ।

सोही क्रममा कोठामा लुकाइ राखेको  बिडसहितको १० इन्च लम्बाईको कटुवा पेस्तोल  प्रहरीले बरामद गरेको छ । कटुवा पेस्तोलसहित पक्राउ परेका पराजुलीलाई  इलाका प्रहरी कार्यालय राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?