भोजपुरमा समुदायिक तर्फ कृष्टिना र संस्थागतमा सरोज उत्कृष्ट

निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 2 mins

भोजपुर । एसइई परीक्षाको नतिजा अनुसार पहाडी जिल्ला भोजपुरमा सामुदायिक विद्यालय तर्फ कृष्टिना राई र संस्थागत तर्फ सरोज श्रेष्ठ उत्कृष्ट अंकसहित जिल्ला प्रथम भएका छन् ।

भोजपुरको उत्तर षडानन्द नगरपालिका वडा नम्वर ११ झ्याउपोखरीमा रहेका शारदा माध्यामिक विद्यालयमा अध्ययरत छात्रा राई सामुदायिक विद्यालय तर्फ तीन दशमलव ८६ प्रतिशत जिपिएसहित जिल्लामा उत्कृष्ठ भएको शिक्षा विकास तथा समन्वय इकाई भोजपुरले जनाएको छ । यस्तै संस्थागत तर्फ सदरमुकाममा रहेको सगरमाथा बोर्डिङ स्कुलका श्रेष्ठ पनि तीन दशमलव ८६ प्रतिशत जिपिए ल्याएर पहिलो बनेका हुन् ।

२०८० को एसइई परीक्षमा भोजपुरबाट दुई हजार पाँच सय १५ जना विद्यार्थीहरु परीक्षामा सहभागी भएका थिए । परीक्षामा सहभागी मध्य १७ दशमलव ७७ प्रतिशत मात्र विद्यार्थी उतीर्ण भएका छन । जसमा चार सय ४७ जना परीक्षामा पास भए ।

तीन दशमलव छ देखि चार जिपिएसम्मको संख्या १६ जना, तीन दशमलव दुई देखि तीन दशमलव छसम्म एक सय दुई जना, दुई दशमलव आठ देखि तीन दशमलव दुईसम्मको संख्या एक सय ५७ जना, दुई दशमलव चार देखि दुई दशमलव आठसम्म एक सय ५५ जना र दुई देखि दुई दशमलव चारसम्म जिपिए ल्याउने विद्यार्थीको संख्या १७ जना रहेको शिक्षा विकास तथा समन्वय इकाई भोजपुरले जनाएको छ । दुई हजार ६८ जनाको नतिजा एनजी रहेको छ । जिल्लाका धेरै विद्यालयहरुको नतिजा शुन्य आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?