
बर्दिया । बर्दियाका बालबालिकाहरुले पढ्दै कमाउदै कार्यक्रम अन्तर्गत धान रोपेको छन् ।
असार १५ धान दिवसको अवसरमा बिभिन्न स्थानमा धान रोपाई पनि गरिएको छ । बर्दियाको मधुवन नगरपालिका वार्ड न ९ धर्मवस्तीमा रहेको धर्मज्योति माध्यामिक विद्यालयले पढदै कमाउँदै कार्यक्रम अन्तर्गत २१ औ धान दिवस मनाएको छ । सो धान दिवसको अवसरमा प्रदेश सभा सदस्य जन्मजय तिमिल्सिनाले कृषियोग्य जमिनमा कृषि उत्पादलाई बृद्धि गर्न सके स्वरोगार आर्थिक स्तरमा बृद्धि हुने बताउनु भयो ।
उत्पादनलाई जोड दिने खेतियोग्य जमिनको प्रयोग गर्न स्थानिय सरकार र प्रदेश सरकारले योजना बनायर अगाडि बढिरहेको समेत उहाँले बताउनु भयो । सो अवसरमा धर्मज्योति माध्यामिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मिन पौडेलले विद्यालयमा अध्ययनरत बालबालिकाहरुले पढदै कमाउँदै कार्यक्रम अन्तर्गत आफैले धान रोपेको यसमा स्थानिय , बुद्धिजिवि राजनितिक दल अभिभावक लगायतको सहयोग रहेको बताउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच