सुर्खेत । वीरेन्द्रनगरमा सम्पन्न मुख्यमन्त्री कप टी-ट्वान्टी क्रिकेटको उपाधि सुर्खेतले जितेको छ । कालुङचोक क्रिकेट मैदानमा भएको फाइनलमा रुकुम पश्चिमलाई १५ रनले हराउँदै सुर्खेतले उपाधि जितेको हो ।
१३२ रनको लक्ष्य पाएको रुकुम पश्चिमले निर्धारित २० ओभरमा ११६ रनमात्र बनाउन सक्यो । पहिले ब्याटिङ गरेको सुर्खेतले २० ओभरमा आठ विकेट गुमाएर १३१ रन बनायो । घरेलु टोलीका लागि कप्तान विपिन रावलले ४८ रनको योगदान दिनुभएको थियो ।
प्रतियोगिताको उपाधिसँगै सुर्खेतले एक लाख एक हजार नगद प्राप्त गरेको छ भने उपविजेता रुकुम पश्चिमले ५१ हजार पाएको छ । कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सहयोगमा कर्णाली प्रादेशिक क्रिकेट संघले आयोजना गरेको प्रतियोगितामा प्रदेशका सातवटा जिल्लाले भाग लिएका थिए ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच