खार्तुम । संयुक्त राष्ट्र संघले सुडानका १४ स्थानमा भोकमरी हुनसक्ने चेतावनी दिएको छ । ‘ग्रेटर डार्फर, ग्रेटर कोर्डोफान र अल जजिरा राज्यहरूका साथै खार्तुमका केहीस्थान लगायतका १४ स्थानमा भोकमरीको जोखिम छ’, संयुक्त राष्ट्रले आफ्नो वेबसाइटमा उल्लेख गरेको छ ।
वेवसाइटमा सुडानका १० राज्यका सात लाख ५५ हजार मानिस भोकमरीको विपत्तिजनक पाँचौं चरणको सामना गरिरहेको उल्लेख छ । सुडानका ८५ लाख मानिस अर्थात् १८ प्रतिशत जनसंख्या खाद्य सुरक्षाबाट पीडित रहेका राष्ट्रसंघको भनाइ छ ।
सुडान सन् २०२३ अप्रिलको मध्यदेखि सुडानी सशस्त्र बल र अर्धसैनिक र्यापिड सपोर्ट फोर्सबीचको घातक द्वन्द्वमा फसेको छ । उक्त द्वन्द्वका कारण १६ हजार ६५० भन्दा बढीले ज्यान गुमाइसकेको मानवीय मामिलाको समन्वयका लागि संयुक्त राष्ट्र संघको कार्यालयले जनाएको छ । रासस/सिन्हृवा ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच