काठमाडौं । ग्लोबल स्कुलको उत्कृष्ट २५ पूर्ण छात्रवृत्तिमा विद्यार्थीको उत्साहजनक सहभागिता देखिएको छ । कक्षा ११ मा भर्ना हुने विद्यार्थी लक्षित गरी खुलाइएको ग्लोबलको छात्रवृत्तिका लागि विद्यार्थीको अत्यधिक सहभागिता देखिएको कलेजले जनाएको छ ।
विज्ञानतर्फ सोमबार र व्यवस्थापनतर्फ १८ मंगलबार छात्रवृत्ति तथा प्रवेश परीक्षा सञ्चालन हुने बताएको छ । जसमा विज्ञानतर्फ उत्कृष्ट २५ जनाले पूर्ण छात्रवृत्ति पाउनेछन् । कलेजका अनुसार व्यवस्थापन तथा विज्ञान दुवै समूहमा जिपिएलाई मूल आधार मानी मेरिट प्रणालीद्वारा आंशिक छात्रवृत्ति प्रदान गरिनेछ । सोमबार हुने विज्ञान विषयको प्रवेश परीक्षाको नतिजामा ४० प्रतिशतभन्दा बढी अंक प्राप्त गर्ने सबै विद्यार्थी भर्नाका लागि योग्य मानिनेछन् । परीक्षामा सहभागी हुन इच्छुक विद्यार्थीलाई तयारीका लागि चाहिने नमुना प्रश्नपत्रको पुस्तक उपलब्ध गराएर परीक्षा समय तालिकालगायतका आवश्यक जानकारी एसएमएस तथा फोनमार्फत् पनि जानकारी दिइरहेको कलेजले जनाएको छ ।
ग्लोबल कलेजका प्राचार्य अम्बादत्त जोशीका अनुसार विगत दुई दशकदेखि व्यवस्थापन विषयमा उत्कृष्ट नतिजा दिइएको ग्लोबल कलेज अफ म्यानेजमेन्टले शैक्षिक क्षेत्रमा आफूलाई अब्बल साबित गर्दै आएकाले पनि विद्यार्थीको चाप देखिएको हो । कलेज परिसरमा खुला मैदान र अध्ययनका लागि पुस्तकालयसहितको व्यवस्था छ । बगैँचासहितको खुला अध्ययन स्थलसमेत रहेको छ ।
विगत दुई दशकमा ग्लोबलमा अध्ययन पूरा गरेका विद्यार्थी देश तथा विदेशका ख्यातिप्राप्त विश्वविद्यालयमा अध्ययन-अध्यापनमा सक्रिय रहेका कलेजले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच