
काठमाडौं । सुदूरपश्चिम प्रदेशमा सञ्चालनामा रहेका उद्योगहरूमा प्रत्यक्ष रोजगारी एक हजार तीन सय २० पुगेको छ । रोजगारीमा आबद्ध महिला तथा पुरुषको अंश क्रमशः १३.४८ र ८६.५२ प्रतिशत रहेको छ भने २३ प्रतिशत भारतीय नागरिकहरू कार्यरत रहेका छन् । नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको सुदूरपश्चिम प्रदेशको चालु आर्थिक वर्ष २०८०/८१ को अध्ययन प्रतिवेदनअनुसार अध्ययन नमुनामा समेटिएका उद्योगको औसत क्षमता उपयोग ४९.९८ प्रतिशत रहेको छ । औद्योगिक उत्पादनमध्ये समीक्षा अवधिमा रोजिन, चामल, साबुन र इँटाको उत्पादन वृद्धि भएको छ भने गहुँको पिठो, चिनी र तोरीको तेल उत्पादन भने घटेको छ ।
सुदूरपश्चिम प्रदेशका उद्योग क्षेत्रमा आबद्ध महिला तथा पुरुषको अंश क्रमशः १३.४८ र ८६.५२ प्रतिशत रहेको छ भने २३ प्रतिशत भारतीय नागरिकहरू कार्यरत रहेका छन् ।
सो अवधिमा प्रदेशका बैंक तथा वित्तीय संस्थाबाट प्रवाहित कुल कर्जाको १७.९४ प्रतिशत हिस्सा उद्योग क्षेत्रमा प्रवाहित भएको छ । औद्योगिक क्षेत्रमा प्रवाह गरेको कर्जा २०८० असारको तुलनामा ६.१८ प्रतिशतले घट्न गई २५ अर्ब २२ करोड ९४ लाख रहेको छ । पर्यटकस्तरीय होटल तथा लज संख्या ४.३५ प्रतिशतले बढेर ४८ पुगेको छ भने होटल शैया संख्या १.०५ प्रतिशतले बढेर एक हजार छ सय ३५ पुगेको छ । घरजग्गा रजिष्ट्रेसन संख्या १९.८६ प्रतिशतले बढेको छ भने रजिष्ट्रेसन राजस्व ३.३५ प्रतिशतले बढेको छ ।
प्रमुख कृषि बाली अर्थात् खाद्य तथा अन्य बाली, तरकारी एवं फलफूल तथा मसलाले ढाकेको क्षेत्र ४.६८ प्रतिशतले घटेको छ । तर, बाली उत्पादन भने ०.९२ प्रतिशतले बढेको छ । प्रदेशको उक्त छ महिना अवधिको अध्ययन प्रतिवेदनअनुसार समीक्षा अवधिमा प्रमुख खाद्य तथा अन्य बालीमध्ये सबैभन्दा बढी फापर र तेलहनको उत्पादन क्रमशः २८.४१ र २१.१६४ प्रतिशतले बढेको छ भने तरकारी ६.९० प्रतिशतले बढेको छ । त्यस्तै, फलफूल तथा मसला उत्पादन ३.१३, पशुजन्य उत्पादनअन्तर्गत दूध ८.५२, मासु ७.२९ र अण्डा ४.११ प्रतिशतले बढेको छ । सो अवधिमा प्रदेशका बैंक तथा वित्तीय संस्थाबाट प्रवाहित कुल कर्जाको १०.९५ प्रतिशत हिस्सा कृषि क्षेत्रमा प्रवाहित भएको छ ।
आर्थिक वर्ष २०७९/८० को असार मसान्तको तुलनामा समीक्षा अवधिमा कुल कृषि कर्जा ८.०७ प्रतिशतले बढेको हो । प्रदेशका बैंक तथा वित्तीय संस्थाको आर्थिक वर्ष २०८०/८१ को पुस मसान्तसम्मको निक्षेप २०८० असारको तुलनामा १.९१ प्रतिशतले बढेको छ भने कर्जा प्रवाह ७.२८ प्रतिशतले घटेको छ । समीक्षा अवधिमा यातायात साधन संख्या २.७७ प्रतिशतले बढेर एक लाख ७२ हजार छ सय २७ पुगेको छ । प्रदेशका बैंक तथा वित्तीय संस्थाले कुल कर्जाको ७१.११ प्रतिशत कर्जा सेवा क्षेत्रमा प्रवाहित गरेका छन् ।
समीक्षा अवधिसम्ममा विभिन्न जलविद्युत् आयोजनाबाट कुल एक सय ७१ मेगावाट विद्युत् उत्पादनका साथै वैदेशिक रोजगारीमा जाने श्रमिकको संख्या १० हजार तीन सय ८९ पुगेको छ, जुन राष्ट्रिय संख्याको तुलनामा ३.०५ प्रतिशत हो । आर्थिक वर्ष २०८०/८१ फागुनसम्म प्रधानमन्त्री रोजगार कार्यक्रमबाट सुदूरपश्चिममा औसत रोजगारी दिन ६५.७७ रहेको छ भने जम्मा रोजगारी दिन ४७ हजार चार सय २२ पुगेको छ । सुदूरपश्चिम प्रदेश सरकारको चालु खर्चतर्फ विनियोजन भएको बजेटमध्ये समीक्षा अवधिमा १५.७६ प्रतिशत खर्च भएको छ भने पुँजीगत खर्चतर्फ विनियोजितमध्ये ११.९९ प्रतिशत खर्च भएको छ ।
चालु आर्थिक वर्ष २०८०/८१ मा नेपालको राष्ट्रिय कुल गार्हस्थ्य उत्पादनमा सुदूरपश्चिम प्रदेशको हिस्सा ७.१३ प्रतिशत हुने राष्ट्रिय तथ्यांक कार्यालयको अनुमान रहेको छ । गत आर्थिक वर्षमा प्रदेशको हिस्सा ७.० प्रतिशत थियो ।
त्यसैगरी प्रदेशको कुल गार्हस्थ्य उत्पादनको वृद्धिदर चालु आर्थिक वर्ष २०८०/८१ मा ३.४१ प्रतिशत हुने प्रारम्भिक अनुमान रहेको छ । सुदूरपश्चिम प्रदेशअन्तर्गतका नौवटै जिल्लाको स्थलगत तथा गैर-स्थलगत रूपमा अध्ययन गरी आर्थिक वर्ष २०८०/८१ को अर्ध-वार्षिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदन तयार गरिएको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच