काठमाडौं । स्मार्टफोन ब्राण्ड रियलमीले आफ्नो लाइनअपमा दुर्ई नयाँ स्मार्टफोन रियलमी नार्जो ७० प्रो फाइभजी र रियलमी १२ एक्स फाइभजी नेपाली बजारमा ल्याउने तयारी गरेको छ । रियलमी १२ एक्स फाइभजीमा १२० हर्जको अल्ट्रा स्मुथ एमोलेड डिस्प्ले रहेकाले दुर्ई हजार निट्ससम्मको पिक ब्राइटनेस प्रदान गर्ने बताइएको छ ।
त्यस्तै, रियलमी नार्जो ७० प्रो फाइभजीमा पनि दुई हजार निट्सको पिक ब्राइटनेस र १२० हर्जको अल्ट्रा स्मुथ एमोलेड डिस्प्ले रहेकाले अद्वितीय भिजुअल क्ल्यारिटी र भ्युइङ एक्स्पिरियन्स प्रदान गर्ने कम्पनीको दाबी छ । कम्पनीका अनुसार नार्जो ७० प्रो फाइभजीको फ्ल्यागसिप सोनी आइएमएक्स ८९० ओआइएस क्यामेरा र मास्टर सट एल्गोरिदमले उत्कृष्ट फोटोग्राफीको अनुभव प्रदान गर्नेछ ।
रियलमी १२ एक्समा ५० एमपी कलर एआइ क्यामेरा रहेको छ । रियलमी नार्जो ७० प्रो फाइभजी र रियलमी १२ एक्स फाइभजीले रियलमीको इनोभेसनप्रतिको प्रतिबद्धतालाई जारी राख्दै प्रयोगकर्तालाई शक्तिशाली प्रदर्शन र आकर्षक डिजाइनका स्मार्टफोन प्रदान गरेको जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच